म्यादी प्रहरीले पैसा असुल्न थालेको गुनासो
बिहीबार, १८ जेठ २०७४, १० : १३
महोत्तरी, १८ जेठ - महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ ।
नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिकाचौक, जिरोमाइललगायत चौकमा म्यादी प्रहरीले विभिन्न व्यापारी, व्यवसायी तथा सवारी चालकसँग पैसा असुल्न थालेको आरोप छ ।
त्यस्तै, जिल्लाका भिट्ठामोड, मटिहानी, नैन्ही, बथनाहा, कटैया, इटहर्वा, रघुनाथपुर, सम्सीलगायत सीमानाकामा समेत खट्न थालेका म्यादी प्रहरीले सीमापारिबाट आउने सर्वसाधारणदेखि साना, ठूला व्यापारी व्यवसायीसँग रकम असुल्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।
यसका अलावा राति पनि खट्ने गरेका म्यादी प्रहरीले चेकजाँचका नाममा चोकचोकमा अनावश्यकरुपमा सबै सवारीसाधनलाई रोक्ने, दुःख दिने र पैसा असुल्ने गरेको विभिन्न ठाउँबाट गुनासा आएका छन् ।
म्यादी प्रहरीले प्रेस, एम्बुलेन्स लगायतका सवारीसाधनलाई पनि अनावश्यकरुपमा रोक्ने र चेकजाँच गरेर हैरान पार्ने गरेको देखिएको छ । यसअघि, नेपाल प्रहरीले असुल्दै आएको पैसा अब म्यादी प्रहरीले असुल्न थालेको र नेपाल प्रहरी त्यहाँ उपस्थित रहँदा पनि उसले केही नभन्ने गरेकाले उनकै संलग्नता र आदेशमा म्यादी प्रहरीले पैसा असुल्ने गरेको सर्वसाधारणको आरोप रहेको छ ।
यसबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सोध्दा त्यहाँबाट म्यादी प्रहरीले त्यस्तो कुनै काम नगरेको जवाफ आएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण