महिनावारी हुँदा मोडलको जागिर चट्
बीबीसी
जेठ १८ – एक मोडलले कार निर्माता कम्पनी ह्यून्डेविरुद्ध मुद्दा दर्ता गर्दै महिनावारी भएका कारण उनलाई जागिरबाट निष्कासन गरेको दाबी गरेकी छिन् ।
२७ वर्षीया रिचेल रिकेर्टका अनुसार अप्रिल महिनामा न्यूयोर्क इन्टरनेशनल अटो शोमा ब्रान्डको प्रतिनिधित्व गर्दा उनलाई लज्जित महसुस गराइएको थियो ।
त्यतिबेला उनले आफूलाई ट्वाइलेट ब्रेकको आवश्यकता भएको स्पष्ट बताएकी थिइन् तर त्यतिबेला उनलाई समय उपयुक्त नभएको बताइयो । जसका कारण रचेलले समयमा प्याड परिवर्तन गर्न सकिनन् ।
ह्यून्डे मोटर अमेरिकाका अनुसार उनीहरुले आरोपीको अनुसन्धान गरिरहेका छन् ।
रचेलका अनुसार उनले आफ्नो अण्डरवेयर र कपडा परिवर्तन गर्न आवश्यक थियो र उनले ट्वाइलेट प्रतिनिधी एरिका सिफ्रेडलाई यसबारे जानकारी पनि दिएकी थिइन् ।
पछि उनले सिफ्रेडको एक टेक्स्ट मेसेज पाए जसमा भनिएको थियो, ‘आवश्यक परे राती छुट्टी लिन सक्छौ ।’
मोडलले बीबीसीलाई दिएको जानकारी अनुसार उनले घण्टाको हिसाबले पैसा पाउने भएकाले यसको विरोध गरिन् ।
अर्को दिन अप्रिल १४ तारिखमा उनी साधारण रुपमा काममा गइन् ।
रचेल रिकर्ट भन्छिन्, ‘१५ अप्रिलमा एरिका सिफ्रेन्डले मलाई अब ह्यून्देले उनलाई काममा राख्न नचाहेको किनभने उनीहरुलाई उनको महिनावारीको बारेमा थाहा भयो ।’
रचेलले बीबीसीलाई भनिन्, ‘म निकै अचम्ममा परें । म साँच्चै नै निकै डराएकी थिएँ र रुन सुरु गरें । यो वास्तवमा नै ठिक थिएन ।’
मोडलले अमेरिकी इक्वल इम्प्लोइमेन्ट अपरचुनिटि कमिशन (इइओसी) मा ह्यून्दे र सिफ्रेन्डको म्यानेजमेन्ट कम्पनी ‘एक्सपिरियन्सियल ट्यालेन्ट’ विरुद्ध भेदभावको मुद्दा दर्ता गरेकी छिन् ।
सिफ्रेन्डले यसबारे बीबीसीसँग कुनै पनि प्रतिक्रिया दिन नचाहेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण