साहित्यकार शर्माको ‘चिताको काखमा’ विमोचन
बिहीबार, १८ जेठ २०७४, १० : १७
म्याग्दी, १८ जेठ - म्याग्दीका अग्रज साहित्यकार धु्रवलाल शर्माको १३औं कृति ‘चिताको काखमा’को बुधबार बेनीमा विमोचन गरिएको छ ।
बेनी नगरपालिका–६ का शर्माले ७०औं जन्मोत्सवका अवसरमा कविता सङ्ग्रह ‘चिताको काखमा’को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले विमोचन गरे।
कृतिमा सामाजिक र जीवन सङ्घर्षका विषयवस्तुमा आधारित कविता छन् । शर्माले २०६२ साल देखि हरेक जन्मदिनमा कृति प्रकाशन गर्दै आएका छन् । उनले यसअघि कविता सङ्ग्रह आमाको सम्झना, तस्बिरहरु, प्रतिच्छाया र रक्तरेखा प्रकाशन गरिसकेका छन् ।
यसैगरी, शर्माद्वारा लिखित कथा सङ्ग्रह यौटा कथाको कथा, गीतिकाव्य ‘खोरभित्रको स्वर’ भाग १ र २, कोख र काख (खण्डकाव्य), जीवन जेल यात्रा (संस्मरण), दृष्टि (मुक्तक सङ्ग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अनुभूति (नियात्रा) प्रकाशन भइसकेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण