बुद्ध एयरको उत्कृष्ट उडान सञ्चालन र सुरक्षा
काठमाडौं, जेठ १८–एक शताब्दी अघिसम्म मानव जाति हवाई उडानको विज्ञानबारे अनभिज्ञ थियो । तर, अहिले प्रत्येक दिन हजारौं हवाईजहाजले आकास भरिने गरेको छ र यो कुनै जादु भने होइन । सबै उडान दुई प्रमुख बुँदामा आधारित भएर सञ्चालन हुने गर्छ, ती हुन्– योजना र कार्यान्वयन । यी दुई शब्दले एउटै अर्थ दिने गर्छ र त्यसलाई ‘उडान सञ्चालन’ भनिन्छ ।
विमानस्थलबाट जहाज उड्नु अघि र धावनमार्गमा तीव्र गतिमा कुदेर उडेदेखि गन्तव्य पुगेर पुनः फर्केर एप्रोनमा नआएसम्म उडान सञ्चालन समूहले सम्बद्ध सबै उडान प्रक्रिया र आधिकारिक निकायलाई एकीकृत गर्छ । जहिले पनि उडान प्रक्रिया सञ्चालन नियन्त्रण प्रणालीबाट सुरु हुने गर्छ, जुन पूर्वउडान अनुमान प्रणाली हो । यसले जहाजको तौल, हवाई इन्धनको तौल, जहाजमा यात्रा गर्ने सबै यात्रुको तौल र यात्रुका सामान (ब्यागेज) तौलको वास्तविक विवरण देखाउने गर्छ ।
त्यसपछिको अर्को महत्वपूर्ण चासोको विषय मौसम हो । प्रत्येक उडान सञ्चालन गर्नुअघि मौसम विज्ञान विभागसँग सल्लाह गरेपछि मात्र कुनै पनि जहाजले धावनमार्ग छाड्न सक्छन् । हवाई उडान सञ्चालनमा उडान सुरक्षा सबैभन्दा पहिलो र महत्वपूर्ण सरोकारको विषय हो । ‘उडान सुरक्षाको कुरा गर्ने हो भने हामीले जहिले पनि तौलको गणना गर्दा एउटा इन्जिनले उडान सञ्चालन गर्नसक्ने तौलमात्र बोक्छौं, त्यसको मतलब भनेको कुनै पनि अवस्थामा एउटा इन्जिनले काम गरेन भने अर्को इन्जिनले थाम्न सक्ने हिसाबले तौल गणना गरेको हुन्छ,’ बुद्ध एयरका उडान सुरक्षा निर्देशक क्याप्टेन रञ्जन शर्मा भन्छन् ।
जब सम्पूर्ण आवश्यक प्रक्रिया पूरा हुन्छन् तब जहाजका क्याप्टेनले पुनः एकपटक सबै विवरण जाँच गर्छन् र उनको अन्तिम अनुमति प्राप्त भएपछि मात्र जहाज उडान भर्ने अनुमति पाउने गर्छ ।
जब जहाज आकासमा पुग्छ, बुद्ध एयरले अतिविकसित र आधुनिक ‘फ्लाइट डेटा मनिटरिङ एन्ड रेकर्डिङ सिस्टम’ प्रयोग गर्ने गर्छ जसले जहाजको प्रत्येक क्षण रेकर्ड गरी विश्लेषण समेत गर्छ ।
‘बुद्ध एयरले फ्लाइट डेटा मनिटरिङ एन्ड रेकर्डिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ र हामी एकमात्र आन्तरिक वायुसेवा कम्पनी हौं जसले आफ्नो सेवामा यस्तो सिस्टम प्रयोग गर्छ,’ बुद्धका उडान तथ्यांक विश्लेषक उत्सवकुमार शर्मा भन्छन् ।
हवाई उडान सञ्चालनमा उडान सुरक्षा सबैभन्दा पहिलो र महत्वपूर्ण सरोकारको विषय हो । ‘हामीले मुख्य रूपमा हेर्ने भनेको उडान सुरक्षा नै हो, हामी दिनका दिन उडानका प्रक्रिया अनुगमन गरिरहेका हुन्छौं,’ बुद्धका सञ्चालन निर्देशक क्याप्टेन देवेन्द्रबहादुर बस्नेत भन्छन्, ‘हाम्रो यहाँ फ्लाइट डाटा रेकर्डर छ र सबै उडान सम्बन्धी सूचना यहाँ आउँछ अनि रेकर्ड हुन्छ । कुनै बेला केही भयो र अस्वाभाविक चिज आयो भने उडान सुरक्षा शाखाले त्यस्ता सूचना निकालेर हामीसँग बसेर छलफल गर्छ ।’
उडान मार्ग पछ्याइएको छ कि छैन अथवा केही कारणवस उडानमा कुनै बाधा आएको छ कि छैन यसबाट प्रत्येक पाइलटको कार्यक्षमता मूल्यांकन हुने गर्छ । बुद्ध एयर व्यवस्थापनले यस्ता विषयलाई सम्बोधन गर्छ र आफ्ना क्याप्टेन÷पाइलटका लागि थप एड्भान्स तालिममा पठाउने गर्छ ।
‘हामी एटिआर जहाजका क्रु सदस्यलाई सिमुलेटर ट्रोनिङका लागि थाइल्यान्डको बैंकक पठाउँछौं भने बिचक्राफ्ट जहाजका क्रुलाई प्रत्येक वर्ष अमेरिकाको न्युयोर्क पठाउने गरेका छौं,’ सञ्चालन निर्देशक क्याप्टेन बस्नेत भन्छन् ।
त्यसबाहेक बुद्धले क्याबिन क्रुका लागि नियमति रूपमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ । ‘उडान सुरक्षा निर्देशकका रूपमा म असाध्यै गर्व गर्छु र बुद्ध स्थापनाको पहिलो दिनदेखि यहाँ काम गरिरहेको छु । हाम्रो व्यवस्थापनले उडान सुरक्षा, जहाज मर्मत र क्रुको तालिममा कहिल्यै पनि सम्झौता गरेको छैन,’ क्याप्टेन शर्मा भन्छन् ।
‘जब हामी यात्रुलाई एक ठाउँबाट अर्को ठाउँसम्म सुरक्षित उडाएर लैजान्छौ तबमात्र हाम्रो उद्देश्यप पूरा हुन्छ,’ सञ्चालन निर्देशक क्याप्टेन बस्नेत भन्छन् ।
कुनै पनि वायुसेवाको समग्र सञ्चालन क्षेत्र भनेको उडान सञ्चालन हो । यस्तो कार्य असाध्यै चुनौतीपूर्ण भए पनि बुद्ध एयरले दक्ष, अनुभवी, योग्य र तुरुन्त निर्णय गर्नसक्ने क्षमतायुक्त जनशक्तिमार्फत पछिल्लो दुई दशकदेखि नेपालको उड्डयन बजारमा उत्कृष्ट सेवा दिँदै आएको छ । बुद्धले हालै ‘इन्टरनेसनल सेफ्टी अडिट’ पूरा गरेको थियो । ९ सय ५८ वटा मापदण्डअनुसार अडिट पूरा गरेको थियो । ‘उडान सुरक्षामा हामी कति गम्भीर छौं र कसरी काम गर्छौं भनेर यसखालको अडिट पूरा हुनु भनेको नेपाली उड्डयन क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धी हो,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन् । हाल करिब ८ सय ५० कर्मचारी काम गर्ने बुद्धले यस अवधिमा आइपुग्दा आन्तरिक उडानतर्फ ७० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । कम्पनीले उडान सुरु गरेर २०७३ असोजसम्म आइपुग्दा स्वदेशी तथा विदेशी गरी झन्डै ९० लाख यात्रुलाई गन्तव्य पु¥याइसकेको छ । कम्पनीसँग हाल ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन् । यी नौ जहाजबाट दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ ।
हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ ।
कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण