शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विमान दुर्घटनाबाट बालबाल बचिन् सन्नी लियोन, भिडियो पोष्ट गर्दै दिइन् जानकारी

बिहीबार, १८ जेठ २०७४, १० : ५५
बिहीबार, १८ जेठ २०७४

एजेन्सी

जेठ १८ – बलिउड नायिका सन्नी लियोनले ट्वीटरमा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा सन्नीले कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन् ।

उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।

सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।

सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप