शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खोटाङमा ३३ मध्ये ११ मत बदर

बिहीबार, १८ जेठ २०७४, ११ : ०२
बिहीबार, १८ जेठ २०७४
खोटाङ, जेठ १७– खोटाङमा आगामी असार १४ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी नभएको पाईएको छ । जिल्लामा गरिएको नमुना मतदान कार्यक्रममा ३३ मत खसेकोमा ११ मत बदर पाईएपछि मतदाता शिक्षा प्रभाबकारी नभएको पाईएको हो । बुधबार दिक्तेलबजारस्थित हाटडाँडामा मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्य मतदान अधिकृत भएर सञ्चालन गरिएको नमूना मतदान कार्यक्रममा हाट भर्न आएका स्थानीयहरुले मतदान गरेका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा अन्य ठाउँमा पनि नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप