जेठमासे झरीमा रोपाईँको चटारो
दिपायल, जेठ १८– सुदूरपहाडका अधिकाशं ठाउँमा जेठमा परेको आकाशे पानीको मौका छोप्दै धमाधम रोपाईँ भइरहेको छ । समयमा बर्षा नहुदा समस्या भोग्दै आएका सुदूरपहाडका किसानहरुले यो वर्ष एक महिना अगाडी नै रोपाँइ गरेका हुन ।
‘असारमा पानी पर्नुपर्ने तर जेठमै पर्छ त्यहि भएर जेठमै धान रोप्नुपर्ने बाध्यता छ ।’ कृषि समूह महासंघ डाटीका अध्यक्ष भरत बोहराले भने, ‘जेठ महिनामा रोपाँई गर्दा असारमा पानी नपरेर खडेरी नै हुन्छ, रोपेको जति धान सुकेर जान्छ भने, साउँनको झरीमा रोपाँइ गर्दा ढिला हुन्छ ।’
जलबायु परिवर्तनका कारण समयमा पानी नपरी खडेरी पर्दा किसानलाई समस्या भएको जिल्ला कृषि बिकास कार्यालय डोटीका प्राबिधिक सहायक मान बहादुर रावलले बताए । उनले भने, ‘ छिटो रोप्दा असर पर्दैन । जेठमै धान रोपाँई गरेर किसानहरुले मौका छोपेका हुन् ।’ जेठमा पानी परेपछि यसपटक दिपायल र डोटीका अधिकाशं क्षेत्रका कृषकहरु जेठमासे झरीमै रोपाँई गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण