निगुरोको तरकारी खाँदा एकै परिवारका ५ जना सिकिस्त
जमुना राई
भोजपुर जेठ १८ – भोजपुरमा निगुरोको तरकारी खाँदा एकै परिवारका ५ जना सिकिस्त विरामी परेका छन् । निगुरोको तरकारी खाएर भोजपुर नगरपालिका ५ वोखीमका एकै परिवारका ५ जना विरामी भएपछि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । विरामी हुनेमा नगरपालिका वडा नं ५ का वर्ष ४४ का मणिराज श्रेष्ठ सहित उनका परिवारका ४ जना छन् । विरामी पर्नेमा मणिराजका श्रीमती बर्ष ३८ की कृष्णकुमारी श्रेष्ठ, छोरीहरु बर्ष २१ की तुलसा श्रेष्ठ, बर्षा १८ की मनिषा श्रेष्ठ र बर्ष १२ का छोरा विशाल श्रेष्ठ रहेको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । उनिहरुले मंगलबार बेलुका वारीको कान्लामा रहेको निगुरो टिपेर तरकारी खाएको मनिराजका भाई खड्का श्रेष्ठले जनाएका छन् । बेलुका बाटै विरामी भएपनि स्वास्थ्यचौकीमा उचार गराई बुधबार विहान मात्रै जिल्ला अस्पतालमा ल्याइएको उनले बताए । हाल विरामीको अवस्ता खतरा मुक्त रहेको जिल्ला अस्पताल भोजपुरका डां रत्नविर सुनारले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण