तटबन्धनले सरपल्लोका सयकडौँ घरपरिवार सुरक्षित
बिहीबार, १८ जेठ २०७४, ११ : २१
महोत्तरी, जेठ १८– महोत्तरीको साबिक सरपल्लो गाविस–८ मा तीन वर्षअगाडि निर्माण गरिएको तटबन्धले स्थानीय सयकडौँ घरपरिवार सुरक्षित भएका छन् ।
बर्सेनि बर्खायाममा गाउँको छेउबाट बग्ने रातु र जङ्घानदीमा आउने बाढीले जनधनको क्षति हुने डरले रातभरि नै जाग्राम बस्दै आएका स्थानीयवासी आजभोलि सुरक्षित महसुस गर्दै निर्धक्क भई रात बिताउन पाएका छन् ।
करिब ३ वर्षअगाडि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र जिइएफको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा सञ्चालित समुदायमा आधारित बाढी तथा हिमपात विस्फोटन जोखिम न्यूनीकरण आयोजनाअन्तर्गत सरपल्लोको छेउबाट बग्ने रातु र जङ्घा नदीमा निर्माण गरिएको तटबन्धले करिब ५०० घरपरिवार सुरक्षित भएका छन् ।
हालसम्म रु दुई करोडभन्दा बढी रकम खर्चिएर सो क्षेत्रमा बसोबास गर्नेलाई बर्खायाममा सुरक्षित बनाउन सफल भएका छन् त्यस क्षेत्रमा तटबन्धनसँगै जिल्ला वन कार्यालयले गरेको वृक्षारोपणले तटबन्धनमा थप मद्दत पुगेको छ ।
बर्सेनि बर्खायाममा अतिजोखिम क्षेत्रमा रहेको सरपल्लोवासीलाई सम्भावित बाढीको खतराबाट बच्न अपनाउन सकिने तरिकासमेत सिकाइएको र बाढीबाट बच्न प्रयोग हुने साधनसमेत हस्तान्तरण गरिएको युएनडिपी र जिइएफका जिल्ला आयोजना अधिकृत दिनेशकुमार साहले बताए । उनले सरपल्लोमै सेल्टर निर्माण गरिएकाले बाढीको खतरा न्यून गर्न मद्दत पुगेको अधिकृत साहले जानकारी दिए ।
तटबन्धनसँगै नदीमा बाढी आउने खतरा मापन गरी साइरन बज्ने प्रविधिको प्रयोग गरिएकाले बर्दिवासको कालापानीमै नदीको जलस्तर बढे विभिन्न तीन किसिमको बत्ती र साइरनले खतराको सङ्केत गर्ने आयोजना अधिकृत साहले बताए । उनले बर्दिवासमै जलस्तर वृद्धि भए सरपल्लोमा समेत जानकारी आउने र सम्भावित खतराको सामना गर्न पर्याप्त समय हुने बताए । उनले सरपल्लोमै सेल्टरसमेत निर्माण गरिएको बताए ।
पाँच वर्षअगाडि बर्सातको मौसममा घर नै बग्ने डरले रातिको समयमा जाग्राम बस्नुपर्ने बाध्यता रहँदै आएको स्थानीयवासी मनतोरिया देवीले बताइन् । रातु र जङ्घा नदीको सङ्गम रहेको सरपल्लो गाउँ नै हरेक वर्ष डुबानमा परी घरपालुवा जीवजन्तु, खेतबारी र घर नै बग्ने डरले बर्खायाममा हुँदै आएको डर तटबन्ध निर्माणले अन्त्य भएको स्थानीयवासी रामचन्द्र महतोले बताए ।
नदीको दुवै छेउमा तारको जालीभित्र ढुङ्गा हालेर तटबन्ध निर्माण भएसँगै सो स्थानमा स्थानीयवासीले धमाधम पक्की घर पनि निर्माण गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण