महाशिला गाउँ कार्यपालिकामा एमाले निर्विरोध
पर्वत, जेठ १८ - पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ ।
बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले)को प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट विष्णुराम विक र सोमबहादुर विक रहेका छन् । त्यसैगरी, महिला सदस्यमा धनसुवा विक, गीता नेपाली, सपना नेपाली र दीपा राना रहेका छन् ।
उनीहरुलाई बुधबार नै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले पदभार ग्रहण गराएका थिए । उक्त गाउँपालिकाका सातवटा वडामध्ये ६ वटा वडामा एमाले र एउटा वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।
चौध जनाको गाउँ कार्यपालिकामा एक सदस्य नेपाली काँग्रेसका रहेका छन् । पर्वतका अन्य स्थानीय तहका कार्यपालिकाका लागि आज दिउँसो निर्वाचन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण