शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले आज बहुमतीय सरकार गठनका लागि अाह्वान गर्ने

बिहीबार, १८ जेठ २०७४, ११ : ४१
बिहीबार, १८ जेठ २०७४

काठमाण्डौ, जेठ १८ – दलहरुलाई राष्ट्रपतिले राष्ट्रिय सहमतीको सरकार गठन गर्न दिएको समयसीमा गएराति सकिएको छ ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले दिएको समयमा दलहरुले सहमतिय सरकार गठन गर्न नसकेपछि नयाँ सरकार गठन गर्न आजबाट बुहतीय प्रकृया सुरु हुने भएको छ । त्यसका लागि राष्ट्रपतिले पुन कम्तीमा तीन दिनको समयसहित बहुमतका आधारमा सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्दैछिन् । राष्ट्रपतिले बहुमतिय सरकार गठन गर्न आव्हानसहित संसदमा पत्र पठाएपछि संसद सचिवालयले उम्मेदवारी, दावी विरोध र नामावली प्रकाशन गरेर सरकार गठनको प्रकृया सुरु हुनेछ । सम्भवत आजै दिउँसो १ बजे अघि नै राष्ट्रपतिले बहुमतिय सरकार गठनका लागि आव्हान गर्नेछन् । तर, एमालेले भरतपुर प्रकरणलाई देखाउदै त्यहाँ रोकिएको मतगणना सुरु नभए संसद चल्न नदिने चेतावनी दिएको छ । जसका कारण नयाँ सरकार गठन प्रकृया के हुने भन्ने अन्यौल कायमै छ । राष्ट्रपतिले पठाएको पत्र सभामुखले सदनमा जानकारी गराएपछि मात्रै प्रकृया अघि बढ्छ । तर, एमालेले संसद चल्न नदिए त्यो प्रकृया नै अवरुद्ध हुनसक्छ । एमालेले हिजो पनि भरतपुरमहानगरको मत गणना सुरु नभएसम्म सदन चल्न नसक्ने चेतावनी दिएको थियो । यसअघि बुधबारै राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेर सहमतिका लागि भएको पहल र सहमति नजुटे बिहीबारबाट बहुमतीय सरकार गठनको प्रकृया सुरु हुने कुरा दलहरुलाई स्मरण गराएकी थिईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप