शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गुराँस लाइफ इन्स्योरेन्स दशौं बर्षमा

बिहीबार, १८ जेठ २०७४, १२ : १४
बिहीबार, १८ जेठ २०७४

काठमाडौं, जेठ १८–गुराँस लाइफ इन्स्योरेन्स नवौं वर्ष पुरा गरि दशौं वर्षमा प्रवेश गरेको छ । यस ९ वर्षको समयमा क्षेत्रीय, शाखा, उपशाखा तथा अभिकर्ता कार्यालय मार्फत १ लाख पचास हजार बीमीतलाई सेवा दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ हजार भन्दा बढीलाई रोजगारीको अवसर दिएको कम्पनीले जनाएको छ । बीमा बजारमा १९ वटा जीवन बीमा योजना मार्फत घर दैलोमा सेवा दिई जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीको रुपमा रहेकोमा हामी गौरवान्वित रहेको वताएको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रिय कार्यलय तिनकुनेमा रक्त्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा १०१ जना दाताहरुले रक्त्तदान गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप