शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आजदेखि काठमाडौं उपत्यकामा एनसेलको फोरजी सेवा

बिहीबार, १८ जेठ २०७४, १२ : ३३
बिहीबार, १८ जेठ २०७४

काठमाडौं, जेठ १८–एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी÷ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लिन पाउने भएका छन् । फोरजी सेवाचल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले बिहीबार (आज) बाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवाको प्रयोग गर्न सक्ने भएका हुन् । जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधि भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच पु¥याउन फोरजी सेवासुचारु गरेको गरेको जनाएको छ । प्रविधि तटस्थताको अनुमति अन्तर्गत कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराएको होे । जसले बहुप्रतिक्षित उच्चस्तरिय डेटा सेवामा ग्राहकको पहुँच सुनिश्चित गर्ने जनाएको छ । ‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं, यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ’, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने, ‘डिजिटल नेपालको राष्ट्रिय लक्ष्य हासिल गर्न योगदान पु¥याउन हामी कटिबद्ध छांै ।’ आगामी ७ महिना सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पु¥याउने लक्ष्य कम्पनीले लिएको छ । यसका लागि कम्पनीले देशका विभिन्न ४० शहरमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसन प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका काम गर्न सक्ने कम्पनीले जनाएको छ । फोरजी सेवाको लाभ लिन ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमागई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्ने पनि कम्पनीले जनाएको छ । नयाँ ग्राहकले फोरजी सिमनै प्राप्त गर्ने जनाइएको छ । नयाँ प्रविधिमा आधारित सेवा संचालनमा ल्याएको अबसरमा बिहीबार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन समयावधी रहेको १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवालिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न सक्ने जनाइएको छ । यस बाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजना ल्याउने जनाएको छ । फोरजी प्रविधिले ग्राहकलाई अझ उच्चगतिको मोबाइल डेटामा पहुँचको सुनिश्चितता गर्नुका साथै नयाँ व्यवसायीक अवसरको सिर्जना गर्दै लोकल कन्टेन्टको विकास तथा प्रयोगलाई पनि बढाउने जनाइएको छ । ब्रोडब्याण्ड नीतिले सन् २०१८ भित्र देशको ४५ प्रतिशत घरधुरीमा र सन् २०२० भित्रमा देशका सबै गाउँविकास समितिमा ब्रोडव्याण्ड सेवा पुर्याउने लक्ष्य राखेको छ । हाल एनसेलले १ करोड ५० लाखभन्दा बढि ग्राहकलाई गुणस्तरीय मोबाइल सेवा र ६० लाख भन्दाबढी ग्राहकलाई डेटा सेवा प्रदान गर्दै आएको छ । एनसेलले सन् २०१० देखि नै फोरजी÷एलटिई संचालनका लागि फ्रिक्वेन्सी प्रदान गर्न अनुरोध गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप