कुन–कुन पार्टीको सहयोगमा प्रधानमन्त्री हुँदैछन् देउवा ?
जेठ १८, काठमाडौं– प्रधानमन्त्री प्रचण्डको राजीनामापछि अव काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतिय सरकार गठनको गृहकार्य शुरु भएको छ । आज राष्ट्रपति विद्या भण्डारीले बहुमतिय प्रक्रिया अगाडि बढाउन आव्हान गरेलगत्तै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको काम अगाडि बढाउने छ । अर्थात, अवको तीन–चार दिनभित्र काँग्रेस सभापति देउवा बहुमतिय प्रधानमन्त्री हुनेछन् ।
सहमतिय सरकार गठन सम्भव नभएपछि देउवा अहिलेकै सत्ता गठबन्धनको सहयोगमा प्रधानमन्त्री बन्न थालेका हुन् । हाल संसदमा ५९३ सांसद छन्, अर्थात बहुमतिय सरकार गठनका लागि देउवाको पक्षमा २९७ सांसदको खाँचो हुन्छ । यो अकगणित कसरी पुरा हुँदैछ ? अहिलेको सत्ता गठबन्धनसँग ३११ सांसद छन् । अर्थात बहुमतिय सरकार गठनका लागि देउवालाई कुनै समस्या छैन । थप दलहरुको समर्थन जुटाए अरु धेरै सांसदको समर्थनमा उनी प्रधानमन्त्री हुनेछन् ।
अहिलको तथ्याङ्क अनुसार कांग्रेससँग २०७, माओवादी केन्द्रसँग ८२, नेपाल लोकतान्त्रिक फोरमसँग १७, नेकपा संयुक्तसँग ३, अखण्ड नेपालसँग १ र समाजवादी जनता पार्टीसँग १ एक सांसद छन् ।
यसबाहेक काँग्रेस सभापति देउवाले राप्रपा नेपालको समर्थन जुटाउने गृहकार्य पनि गरेका छन् । राप्रपासँग ३७ सांसद छन् ।
संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो कार्यसूचि छ ।
राष्ट्रिय जनता पार्टीले भने सरकारमा सहभागी नहुने बताईसकेको छ ।
सरकार गठनका प्राविधिक काम टुंगाउन र अन्य पार्टीको समर्थन जुटाउन सत्तारुढ काँग्रेस र माओवादीले कार्यदल पनि बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट कृष्णबहादुर महरा र बर्षमान पुन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण