शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कुनैबेला खानको लागि पैसा थिएन, एउटा मुसाका कारण बने अर्बपती

बिहीबार, १८ जेठ २०७४, १२ : ४८
बिहीबार, १८ जेठ २०७४

एजेन्सी

जेठ १८ – ८८ वर्ष पहिले अर्थात् सन् १९२९ मार्च ३१ का दिन मिक्की माउस पहिलो पटक मानिसहरु बिच सार्वजनिक भएको थियो । वाल्ट डिजनीको गन्ती संसारका सबैभन्दा सफल कारोबारीमध्ये हुने गर्दछ । यद्यपी, डिजनीको सफलताभन्दा पहिले थुप्रै पटक उनले असफलता देखेका थिए । उनीसँग खानको लागि समेत पैसा थिएन । तर एक क्यारेक्टरले उनलाई अमर बनाइदियो । थाहा पाउनुहोस् वाल्ट डिजनीको सफलतासँग जोडिएको कहानी बारे ।

के हो मिक्की माउससँग जोडिएका विशेष कुराः

सन् १९२९ मे ३१ तारिखका दिन मिक्की माउसको कार्टून कार्निवल किड रिलिज गरिएको थियो । मिक्कीले पसिलो पटक आवाज पाएको यो पहिलो घटना थियो ।

मिक्कीको पहिलो फिल्म सन् १९२८ नोभेम्बर १८ मा रिलिज भएको थियो ।

सुरुवाती समयमा थुप्रै डिजनी आफैले मिक्की माउसका लागि आवाज दिएका थिए । यद्यपी, भोइस ओभरमा सबैभन्दा धेरै चर्चा व्याने ओल्विनले पाएका छन् । ओल्विनले मिक्की माउसलाई ३० वर्ष अर्थात् सन् १९७७ देखि सन् २००९ सम्म आवाज दिए ।

यस्तै ओल्विनकी श्रीमती रुसी टेलरले पनि मिनी माउसलाई आवाज दिएकी थिइन् ।

असफलताले भरिएको थियो वाल्ट डिजनेको जीवनः

१९ वर्षको उमेरमा डिज्नीले आफ्नो पहिलो कम्पनी सुरु गरे । डिज्ने कार्टुन बनाउने काम गर्दथे । यद्यपी, कम्पनीले एउटा पनि कार्टून बेच्न सफल भइरहेको थिएन र डिज्ने आफ्नो साथीको घरमा आश्रित हुनुपरेको थियो ।

उनीसँग थुप्रै पटक खानको लागिसमेत पैसा हुँदैनथ्यो । यो क्रममा डिज्नेलाई स्थापित गराउने थुप्रै कोसिस असफल साबित भयो र उनी चरम आर्थिक अभावमा गाँजिए ।

२२ वर्षमा भए कंगालः

कन्सास सिटीमा कार्टून सिरिज फ्लप भएका कारण उनी २२ वर्षको उमेरमा कंगाल भए । आम्दानीका लागि उनले जागिर खान सुरु गरे । डिज्नीले अभिनय गर्ने पनि सोच बनाए तर यसका लागि उनले मौका पाएनन् । एक पत्रिकाका सम्पादकले उनीसँग कल्पनाशक्ति नभएको र अल्छी भएको भनी कामबाट निकालिदिए ।

हलिउडमा सफलता पाउन लाग्यो पाँच वर्षः

कन्सासमा असफल भएपछि डिज्नीले हलिउडमा आफ्नो कदम बढाए । एक ग्यारेजमा स्टूडियो बनाएर डिज्नीले काम सुरु गरे । कंगाल भएको करिब ५ वर्षपछि डिज्नेले पहिलो पटक सफलता देखे जब उनको एनिमेशन फिल्म एलिस इन द वन्डरल्याण्ड र ओसवल्ड द र्याबिटलाई मानिसहरुले रुचाए ।

तर डिज्नेको जीवनको परीक्षा बाँकी नै थियो । सन् १९२८ मा उनका केही प्रमुख कार्टुनिस्टले उनको साथ छोडिदिए र उनीहरुलाई आफूसँगै ओसवाल्डलाई पनि लगे । डिज्ने एकपटक पुनः कठिन स्थितीमा आइपुगे ।

थाहा पाउनुस् कसरी एक मुसाले फेरिदियो भाग्यः

सन् १९२८ मा डिज्नेले नयाँ क्यारेक्टरमा काम गरे ।

सुरुमा कुकुर र बिरालोको विषयमा प्रयोग भयो तर डिज्नेलाई त्यो मन परेन । त्यसपछि गाइ र घोडाको विषयमा पनि प्रयोग भयो, त्यो पनि रिजेक्ट भयो ।

एक गोहीको क्यारेक्टर पनि रिजेक्ट भयो तर त्यसलाई फ्लिप द फ्रग सिरिजमा प्रयोग गरियो ।

डिज्नेको दिमागमा मिकी माउसको आइडिया पहिलेदेखि नै थियो । वास्तवमा कंसास स्टूडियोमा उनको मेचमा एउटा मुसा चढेको थियो जसलाई देखेर उनले मुसामा आधारित क्यारेक्टर बनाउने सोचेका थिए ।

सन् १९२५ मा नै चर्चित आर्टिस्ट हग हरमनले डिज्नेका फोटोग्राफरले मुसाको स्केच बनाएर दिएका थिए ।

यी सबै हेरेर डिज्नीका एनिमेटर्सले जुन क्यारेक्टर तयार गरे त्यो मिक्की माउसको नामले चर्चित मात्र भएन डिज्नीलाई इतिहासमा नै समावेश गरिदियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप