शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा ‘क्लिन द सिटी’ अभियान सुरु

बिहीबार, १८ जेठ २०७४, १३ : ५५
बिहीबार, १८ जेठ २०७४
काठमाडौ, जेठ १८ – काठमाडौं महानगरपालिकामा ‘क्लिन द सिटी’ अभियान सुरु गरिएको छ । नवनिर्वाचित मेयर विद्या सुन्दर शाक्यसहितका जनप्रतिनिधिहरुले विहिबारदेखि ‘क्लिन द सिटी’ अभियानको सूरुवात गरेका हुन् । विहिबार विहान काठमाडौंको बाँसबारीबाट अभियानको सुरुवात गर्दै नवनिर्वाचित मेयर शाक्यले धुलोरहित काठमाडौं बनाउने अभियान सुरु गरिएको बताए । उनले काठमाडौं सफा, सुन्दर र हराभरा बनाउने अभियान सम्पन्न गर्न काठमाडौं महानगरपालिकाका कर्मचारी आफै सक्षम रहेको दावी समेत गरे । मेयर शाक्यले सबै संघ, संस्थाहरुबीच काठमाडौं महानगरपालिकालाई सफा राख्ने काममा प्रतिष्पर्धी भावनाको विकास गराउन आफूले चाहेको पनि स्पष्ट पारेका थिए । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिकाका जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले आफनो जन्मभूमि, कर्ममूमि काठमाडौंको सफाई अभियानलाई हरेकले आफनो दायित्वको रुपमा लिनुपर्ने पनि स्पष्ट पारिन् । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बुधबार पदभार ग्रहण गरेलगत्तै ‘क्लिन सिटी’ अभियान सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । सोही निर्णय अनुसार विहिबारदेखि तीन महिने ‘क्लिन सिटी’ अभियान सुरु गरिएको हो । अभियान अन्तरगत विहिबार काठमाडौंको बाँसबारीदेखि महाराजगंजसम्म सफाई गरिएको छ । काठमाडौं महानगरपालिकाले सफाई अभियानमा सहभागी हुन पनि सबै महानगरबासीलाई अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप