भैरहवामा महिला वडाध्यक्षको खडेरी, ठूला पार्टीमै छैनन् महिला उम्मेदवार
राधेश्याम विश्वकर्मा
रुपन्देही,जेठ १८– आगामी असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनमा रुपन्देहीको भैरहवाबाट कुनै पनि महिला उम्मेदवारले वडाध्यक्ष पदमा उम्मेदवारी दिन पाएका छैनन । निर्वाचनका लागि उम्मेदवारी दिने नामावलीमा अहिलेसम्म सार्वजनिक गरिएका अधिकांश पार्टीका उम्मेदवारहरुमा वडाध्यक्षका लागि महिलाको नाम नपरेको हो ।
नगरमा रहेका १३ वटा वडाहरुमा वडाध्यक्षको लागी उम्मेदवारी दिने नामावली नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरि सकेका छन् भने माओवादी केन्दले्र पनिचााडै नाम सार्वजनिक गर्दैछ ।
कांग्रेसले वडाध्यक्षका लागी उम्मदवारी दिने उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको नामावलीमा १३ वटै वडामा एक जना पनि महिला वडाध्यक्षको नाम छैन । उम्मेदवारीको लागी नाम तोकिएका १३ जना नै पुरुष रहेपछि चासो राख्दा कांग्रेसका सिद्धार्थ नगर सचिव संजिव शर्मां रेग्मीले वडा तहबाट नै महिलाहरु वडाध्यक्ष पदको लागी ईच्छुक नदेखिएको बताए ।
एमालेले पनि सार्वजनिक गरेको नामावलीमा पनि १३ वटै वडामा एक जना पनि महिला वडाध्यक्षको नाम छैन । भैरहवाबाट मेयर पदका उम्मेदवार रहेका हरि अधिकारीले पनि महिलाहरु वडाध्यक्ष पदको लागी नेतृत्व लिन तयार नभएको जवाफ दिए । ‘हामीले मुस्लिम महिला खोजिरहेका थियौ तर कोही पनि बाहिर आउन मानेन् ’ अधिकारीले भने | यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सार्वजनिक गरेको वडाध्यक्षहरुको सूचिमा १ जना पनि महिला उम्मेदवार पर्न सकेका छैनन ।
यता, नेकपा माओवादी केन्द्रले अहिलेसम्म वडाध्यक्ष तथा नगर प्रमुखको नाम सार्वजनिक गरेको छैन । नाम सार्वजनिक नगरेपनि अधिकांश वडामा भने उसले वडाध्यक्षहरुको नाम टुङ्गो लगाई सकेको दावी गरेको छ । माओवादी केन्द्रका नगर अध्यक्ष चोपलाल आचार्यका अनुसार माओवादी केन्द्रबाट १ जना महिला वडाध्यक्षको नाम पर्न सक्ने सम्भावना छ ।
माओवादी केन्द्रको वडानम्बर ११ बाट महिला वडाध्यक्षको रुपमा दुर्गावती जयसवालको नाम सिफारिस हुन सक्ने आचार्यको भनाई छ । भैरहवामा क्रियाशिल रहेका ४ ठूला दलमै महिला अटाउन नसके पछि महिला अधिकार तथा समावेशिताको ठूला ठूला कुरा गर्ने सबै दलहरुको चरित्र उदाङ्गो भएको महिला अधिकारको क्षेत्रमा कलम चलाउदै आएकी सञ्चारकर्मी सम्झना शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण