राजपा पनि सरकारमा सहभागी हुन्छ : शशांक कोइराला
बिहीबार, १८ जेठ २०७४, १८ : १२
जेठ १८, काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन दिन भित्र आफ्नो पार्टी नेतृत्वमा सरकार गठन हुने दावी गरेका छन् । महामन्त्री कोइरालाले सकेसम्म सहमतीय सरकार गठनका लागि पहल गर्ने बताए ।
विहिबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरेकी छिन् । महामन्त्री कोइरालाले भने सकेसम्म सहमतीय सरकार गठन गर्न आफ्नो पार्टीले पहल गर्ने नीति लिएको उल्लेख गरे । विहिबार संसद भवन परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले अव छिट्टै संसद बैठक सुचारु गराउन एमाले सहमति हुने र सरकार गठन प्रक्रिया सुरु हुने विश्वास पनि व्यक्त गरे । संसद बैठक आगामी २१ गते बोलाइएको छ ।
नेपाली काँग्रेसले आफू नेतृत्वको सरकारमा मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी पनि सहभागी हुने दावी गरे । महामन्त्री कोइरालाले नयाँ सरकारमा मधेश केन्द्रित दलहरुपनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले काँग्रेस नेतृत्वमा सरकार गठन हुनेमा विश्वस्त रहन पनि सबैमा आग्रह गरे ।
महामन्त्री कोइरालाले मुलुकलाई निकास दिन सबै दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण