शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जन्मदिन पारेर शान्ति प्रियले ल्याए ‘अधर’

बिहीबार, १८ जेठ २०७४, १५ : २५
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८ –चलचित्र तथा फुटकर एल्बममा थुप्रै गीत लेखन गरिसकेका रंगपत्रकार शान्ती प्रियको पहिलो आधुनिक एल्बम ‘अधर’ सार्वजनिक भएको छ । गीतकार प्रियले आफ्नो जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना सहित एल्बम सार्वजनिक गरेका हुन् । कार्यक्रममा बरिष्ट कलाकार बसुन्धरा भुषाल, संगीतकार शम्भुजित बास्कोटा, सन्तोस श्रेष्ठ, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, अभिनेत्री खुस्बु खड्का, सारिका घिमिरे ,गायक युवराज चौलागाई, संगीतकार अर्जुन पोखरेल लगायतले एल्बम सामुहिक रुपमा सार्वजनिक गरे । कार्यक्रममा एल्बम भित्र रहेको चार गीत माथी बनेको म्युजिक भिडियो समेत प्रिमिएर गरिएको थियो । एल्बम अधर भित्र म त माया गर्ने मान्छे, म त माया नफापेको मान्छे, मलाई जस्तो छटपटी, उनको मेरो दुरी चल्यो, याद तिम्रो धेरै आइरह्यो लगायत बोलका गीतहरु रहेका छन् । दुई दुई गीतमा सन्तोस श्रेष्ठ र दीपक शर्माको र एक गीतमा अर्जुन पोखरेलको संगीत रहेको गीतहरुमा प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल, युवराज चौलागाई लगायतको स्वर रहेका छन् । पत्रकार तथा कवी नवराज लम्सालले एल्बमका गीतहरुको सकिक्षा गर्दा अन्य सहभागीले प्रियलाई जन्मदिनको शुभकामना दिए । – ‘अधर’बाट सुरु भएको आफ्नो एल्बम यात्रा १० एल्बमसम्म निरन्तर रहने गीतकार प्रियले बताए । उनले भने ‘अहिले आधुनिक एल्बम ल्याएको छु । अब छिट्टै सेन्टिमेनटल गीतहरुले भरिएको एल्बम आउनेछ ।’ – संगीतकार सम्भुजित बास्कोटाले गीतकार प्रियको पत्रकारीता र साहित्य पाटोको चर्चा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप