शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सहिद सूर्यप्रसादको सपना पूरा गर्न छोरीको उम्मेदवारी

बिहीबार, १८ जेठ २०७४, १५ : ३५
बिहीबार, १८ जेठ २०७४
पाल्पा, जेठ १८- प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलनमा होमिदा सेनाको गोली लागेर २०४६ साल फागुन १६ गते सूर्यप्रसाद घिमिरेको मृत्युवरण भयो । देश र जनताका लागि लड्दै गर्दा अल्पायुमै सहिद बनेका घिमिरेको सपना पूरा गर्न उहाँकै छोरी विष्णुदेवी घिमिरे आचार्यले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको हो । सहिदको सपना पूरा गर्ने अठोटका साथ निर्वाचनमा होमिनुभएकी उहाँको उम्मेदवारी पार्टीले सार्वजनिक गरेपछि स्थानीय तहको निर्वाचनलाई आमनगरवासीले चासोका रुपमा लिन थालेका छन् । आफ्ना बाबुको देश र जनताप्रतिको बलिदानलाई पुनः ब्यूँताउन र इतिहासको पाना कोर्ने सङ्कल्पका साथ आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । उपप्रमुख पदको उम्मेदवारका रुपमा निर्वाचनको माहोलमा निस्किनुभएकी घिमिरेले रामपुर नगरपालिकामा सहिद सूर्यप्रसाद घिमिरेको सालिक र वृद्धाश्रम स्थापना, अपाङ्गका लागि आश्रमस्थल स्थापना गर्ने योजनालाई पहिलो प्राथमिकता राख्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप