ट्याटु बनाएर पौडी खेल्न जाँदा यस्तो भयानक मृत्यु
एजेन्सी
जेठ १८ – स्प्यानिश मूलका एक व्यक्तिका लागि ट्याटु बनाएर पौडी खेल्न जानु घातक साबित भयो । पौडी खेल्दा यी व्यक्तिलाई घातक संक्रमण भयो । ट्याटु बनाएको स्थानबाट पूरा शरिरभरी संक्रमण फैलँदा ३१ वर्षका यी व्यक्तिको निकै भयानक मृत्यु भयो ।
डेली मेलको रिपोर्ट अनुसार ट्याटु बनाउने व्यक्तिले उनलाई दुई हप्तासम्म पौडी खेल्न नहुने चेतावनी पनि लिएका छन् । दायाँ पिँडौलामा धार्मिक क्रस बनाएको पाँच दिनमा नै उनी गल्फ अफ मेक्सीकोको तातो पानीमा नुहाउन पनि पुगे ।
ट्याटु बनाउँदाको घाउ ताजा नै थियो । समुन्द्रको पानीमा उक्त घाउ मासु खाने ब्याक्टेरियाबाट संक्रमित भयो । उनको स्थिती यति नाजुक भयो कि उनको अन्ततः मृत्यु नै भयो । अस्पताल भर्ना गरेको २४ घण्टाभित्र नै उनको स्थिती नाजुक हुँदा उनलाई लाइफ सपोर्ट सिस्टममा राख्नुपर्यो । उनको शरिरको मासु बिस्तारै कुहिँदो स्थितीमा भएकाले पनि स्थिती अझै खराब भयो ।
यद्यपी, दुई हप्ता अस्पतालमा बसेपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । डाक्टरले पनि उनलाई घर पठाउने बारे कुराकानी गरिरहेका थिए तर मासु कुहिने समस्याका कारण उनको दुबै मृगौला खराब भयो । अन्त्यमा अस्पतालमा भर्ना भएको दुई महिनापछि यी व्यक्तिको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण