शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक हस्तक्षेपले गर्दा कर्मचारीले काम गर्न सकेनन्: मन्त्री गौचन

बिहीबार, १८ जेठ २०७४, १६ : २१
बिहीबार, १८ जेठ २०७४
काठमाडौ, जेठ १८ – वाणिज्य मन्त्री रोमीगौचन थकालीले राजनीतिक हस्तक्षेपकै कारण मुलुकको कर्मचारी प्रशासनले काम गर्न नसकेको बताएका छन् । मन्त्री थकालीले राजनीतिक दवाव बढि परेपछि कर्मचारी प्रशासन थला पर्ने गरेको आफ्नो १० महिने कार्यकालमा अनुभूति भएको पनि उल्लेख गरे । विहिबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुमाझ कुरा गर्दै उनले कर्मचारी प्रशासनलाई लोकतन्त्रको सुदृढिकरण र राष्ट्रको हितमा लगाउन सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औल्याए । मन्त्री थकालीले आफूले निर्यात् व्यापारको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दावी समेत गरे । अमेरिकी बजारमा भन्सार छुटसहित नेपाली बस्तुहरुको व्यापार गर्ने सहमति गरेर आफूले निर्यात व्यापारमा महत्वपूर्ण काम गरेको मन्त्री गौचनको दावी थियो । मन्त्री थकालीले नेपाल चीनबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यताको अध्ययण कार्य अघि बढाएर आफूले अर्को सफलता हात पारेको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप