शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यार्सा टिप्न निर्देशिका विपरीत बालबालिकाको प्रयोग !

बिहीबार, १८ जेठ २०७४, १६ : ४१
बिहीबार, १८ जेठ २०७४
डोल्पा, जेठ १८– डोल्पा लगायत उच्च हिमाली जिल्लामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन भइरहेको छ । यार्सागुम्बा संकलनका लागि बृद्धबृद्धादेखि केटाकेटीसम्म उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा संकलनमा जुटेका छन् । यार्सागुम्बा पाका मान्छेले भन्दा बालबालिकाले सहजै भेटाउने भएकाले पनि धेरै अभिभावकले बालबालिकालाई पाटन पु¥याउने गरेका छन् । तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ जारी गर्दै १६ वर्ष मुनिका बालबालिकाहरुले यार्सागुम्बा टिप्न रोक लगाएको छ । प्रत्येक वर्ष डोल्पाका भोक्पा, भाङ्का, सागबारी, कुनास, ग्यालबारा लगायतका पाटनहरु समेत हजारौँ सङ्ख्यामा दुधेदेखि १६ वर्ष मुनिका बालबालिकासम्म यार्सागुम्बा संकलनका लागि पुगेका छन् । यता शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका अनुसार १६ वर्ष मुनिका बालबालिकालाई पाटन जान रोक लगाउन अथक प्रयास गरेपनि व्यवहारिक कठिनाइले रोक्न समस्या भएको बताइएको छ । यार्सा टिप्न पाटन जाँदै गरेका बालबालिकाका अभिभावककाअनुसार यतिखेर गाउँ नै सुनसान पारेर सबै पाटनतिर जाने भएकाले बालबालिकालाई धरालो बिना घरमा छोड्न समस्या हुने गरेको बताए । ‘हामीलाई यार्सागुम्बा व्यबस्थापन निर्देशिका विपरित व्यवहारिक समस्या छ, घरमा ताल्चा मारेर सबै परिवार पाटन जाँदा बालबालिकालाई मात्रै कसको जिम्मा छोड्नु ?’–त्रिपुरा सुन्दरी नगरपालिका १ का सुके सार्कीले भने । दुई चार गोटा यार्सागुम्बा भेटाएपनि बच्चा बच्चीले दुई चार हजार कमाउछन्,गरिब बालबालिकाहरुको कमाउने सिजन यही हो, आर्थिक हैसियत कमजोर भएका कतिपय बालबालिकाले यार्सागुम्बा टिपेरे आफै बर्षभोरीको पढाई खर्च जुटाउनु पर्छ’ उनले भने ‘कि सरकारले विपन्न बालबालिकालाई पढाई खर्च व्यवस्थापन गरिदिनुप¥र्यो नत्रभने कसरी हामी बालबालिका यार्सा पाटनमा नलैजाने’ सार्कीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप