मेस्सी मेरो प्रतिद्वन्द्वी होइन, मित्र हो
एजेन्सी
म्याड्रिड, जेठ १८ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोनेल मेस्सीको तारिफ गर्दै आफू उनको खेल हेर्न मनपराउने बताएका छन् ।
पछिल्ला ९ वर्ष बालोन डि’ओर अवार्डको विजेता तथा अहिले विश्व फुटबलका दुई उत्कृष्ट खेलाडीलाई हरेक सिजन एक–अर्काविरुद्ध तुलना गर्दै आइरहिएको छ ।
तर, शनिबार च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसको समना गर्न लागेका रोनाल्डोले मेस्सीले आफूले हेर्न रुचाउने खेलाडी मध्ये एक रहेको बताएका हुन् ।
‘म सबै राम्रा खेलाडीहरुलाई हेर्न रुचाउँछु । अवश्य पनि त्यसमा मेस्सी पनि एक हुन्,’ फक्स स्पोर्ट अर्जेन्टिनासँग कुरा गर्दै उनले भने, ‘उनलाई मैदानमा देख्दा निकै रमाइलो लाग्छ ।’
यस सीजन ४० गोल गर्दै रियललाई ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेल्दै रोनाल्डोले फेरि अर्को सिजन आफ्नो उत्कृष्टताको प्रमाण दिएका छन् ।
३२ वर्षीय खेलाडीले मेस्सीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र एक अर्कालाई तुलना गरेको आफूलाई नमर्ने बताएका छन् ।
‘जब म उनीसँग हुन्छु, त्यतिबेला मेस्सीसँग मेरो राम्रो सम्बन्ध हुन्छ,’ रोनाल्डोले भने ।
‘म उनको घरमा गएर सँगै खाँदिन । उनी मेरो साथी होइनन् तर म उनलाई कामले मित्र मान्छु, प्रतिद्वन्द्वी मान्दिन किनभने मलाई कसैसँग तुलना गरेको मनपर्दैन,’ उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण