शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयल निगमको नाफा सवा ३१ करोड, पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ भन्दावढी नाफा

बिहीबार, १८ जेठ २०७४, १७ : ०४
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८–नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थ र एलपी ग्यास विक्रिवाट सवा ३१ करोड रुपैयाँ नाफा कमाएको छ । निगमले भारतवाट पेट्रोलियम पदार्थ आयात गरेअनुसार मे महिनामा सो नाफा देखिएको हो । भारतीय आयल कर्पोरेशन (आइओसी)ले गत मे महिनाको १६ तारिखमा पठाएको मुल्य सूची अनुसार पेट्रोलियम पदार्थमा निगमलाई नाफा देखिएको हो । मे महिनाको १६ तारिखमा आइओसीले पठाएको मुल्य सूची अनुसार निगमले कूल ३० करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । यो महिना निगमले एलपी ग्यास वाहेक सवैमा नाफा गरेको हो । निगमका अनुसार यो महिना पेट्रोलमा मात्र १३ करोड १ लाख रुपैयाँ कूल नाफा छ भने डिजेलमा १५ करोड ७७ लाख, मट्टितेलमा एक करोड ५६ लाख, आन्तरिक हवाइ इन्धनमा एक करोड ९१ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ८ करोड १९ लाख रुपैयाँ कूल नाफा गरेको छ । निगमले एलपी ग्यासमा भने कूल ९ करोड ६१ लाख रुपैयाँ नोक्सानी रहेको जनाएको हो । पेट्रोलमा मात्र निगमलाई अहिले प्रति लिटर ७ रुपैयाँ ६६ पैसा नाफा छ । यस्तै, डिजेलमा प्रति लिटर २ रुपैयाँ ४७ पैसा, मट्टितेलमा १६ रुपैयाँ ७५ पैसा, आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ८ पैसा र अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति लिटर १६ रुपैयाँ ८० पैसा नाफा रहेको आयल निगमले जनाएको छ । एलपी ग्यासमा भने प्रति सिलिण्डर ९३ रुपैयाँ ६२ पैसा नोक्सानी रहेको निगमले जनाएको छ । अहिले निगमले प्रति १५ दिनमा १६ हजार ९ सय ८८ किलो लिटर पेट्रोल, ६३ हजार ९ सय ३४ किलो लिटर डिजेल खपत हुने गरेको जनाएको छ । यस्तै, ९ सय ३२ किलो लिटर मट्टितेल, २ हजार एक सय किलो लिटर आन्तरिक हवाइ इन्धन र ४ हजार ९ सय किलो टिलर अन्तर्राष्ट्रिय हवाइ यनधन खपत हुने गरेको जनाएको छ । यस्तै, एलपी सिलिण्डर १० लाख २६ हजार ३ सय एक सिलिण्डर प्रति १५ दिनमा आयात हुने गरेको जनाएको छ । आइओसीले हरेक १५ दिनमा मुल्य सूची पठाउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप