शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतपत्र च्यातेको आरोपमा पक्राउ परेका धरौटीमा छुटे

बिहीबार, १८ जेठ २०७४, १७ : ०८
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– चितवनको भरतपुर महानगरपालिकाको मतपत्र च्यातेको आरोपमा पक्राउ परेका दुई जना रिहा भएका छन् । जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका दुई माओवादी कार्यकर्तालाई धरौटीमा छुटेका हुन् । मतपत्र च्यातेको आरोपमा माओवादी कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधुकर न्यौपानेलाई सोही रात नै पक्राउ गरिएको थियो । जिल्ला अदालतका न्यायधिस बासुदेव पौडेलको एकल इजालसले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरुले एक एक लाख धरौटी बुझाएका छन् । यस्तै, निर्वाचनआयोगले च्यातिएको मतसंख्या यकिन गरी पठाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि च्यातिएको मतपत्र गणना गरिएको छ । ९० मतपत्र च्यातिएको भेटिएको चितवन काँग्रेसका सभापति जीतनारायण श्रेष्ठले बताए । उनका अनुसार च्यातिएको मतपत्रबारे प्रतिवेदन विहीबार नै निर्वाचन आयोगमा पठाइने भएको छ । प्रतिवेदन अध्ययनपछि मात्रै निर्वाचन आयोगले पुनः मतदान वा मतगणना गर्ने निर्णय गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप