जब बन्द कोठामा कट्रिना र गुलशन ग्रोवरलाई चुम्बन गरिरहेको देखेर अमिताभ भए अक्क न बक्क
एजेन्सी
जेठ १८ – गुलशन ग्रोवर बलिउडका यस्ता कलाकार हुन जसलाई कुनै पनि प्रकारको सिन्ससँग आपत्ति छैन । चाहे त्यो नायिकामाथि बलात्कारको सिन होस्, एक्सन सिन होस् । तर यस्तो सिन थियो जसले गुलशन ग्रोवरको अनुहारको रङ नै उडाइदियो र उनी लाजले पानी पानी भएका थिए ।
यो सिन थियो फिल्म ‘बूम’ को जसमा कट्रिना कैफ र उनले चुम्बन गर्नुथियो । त्यतिबेला कट्रिना फिल्ममा प्रवेश गरिरहेकी थिइन् र अन्य फिल्मको अफरको खोजीमा थिइन् ।
कट्रिनालाई चुम्बन गर्नुपर्छ भनेपछि गुलशन ग्रोवर नर्भस भए तर कट्रिना बिन्दास उभिएकी थिइन् । गुलशन यति धेरै नर्भस हुन्छन् भन्ने बारे निर्देशकले सोचेका नै थिएनन् ।
सुटिङ सुरु भयो । बलिउडआजकल डट कमका अनुसार सिनमा कट्रिना र गुलशनले चुम्बन गर्नुथियो तर उक्त चुम्बन राम्रो तरिकाले भइरहेको थिएन । रिटेकमाथि रिटेक भइरहेका थिए । तर निर्देशकले चाहेको जस्तो शट पाएका थिएनन् ।
यो देखेर निर्देशक कैजाद गुस्तादले एक तरिका सोचे । उनले कट्रिना र गुलशनलाई भने, ‘जाउ, बन्द कोठामा गएर प्राक्टिस गर’ । उनीहरुलाई जसरी पनि उक्त सिन दिनुथियो, त्यसकारण गुलशनले कट्रिनालाई एउटा कोठामा लिएर गए र राम्रो तरिकाले चुम्बन गर्ने प्राक्टिस गर्न थाले । तर यो क्रममा उनीहरुको कोठाको ढोका खुल्ला नै रह्यो । यसै बिच त्यहाँबाट अमिताभ बच्चन अर्को ठाउँमा जाँदै थिए । दुबैलाई यस्तो अवस्थामा देखेर उनले सोचे, ‘आखिर उनीहरु के गर्दैछन् ?’ उनी एकछिन त अक्क न बक्क भए तर अमिताभ गुलशन र कट्रिनालाई उक्साएर त्यहाँबाट गए । त्यसपछि गुलशन लाजले रातो पिरो भए ।
प्राक्टिस गर्दा पनि निर्देशकले सोचे जस्तो भएन । त्यसपछि उनले अर्को तरिका अपनाए । उनले कट्रिनासँग भने, ‘तिमी टेबलमा गुलशन ग्रोवरको अगाडि बस र गुलशनको कठालो समातेर उनलाई जबर्जस्ती चुम्बन गर ।’
कट्रिना उक्त दृश्यका लागि तयार थिइन् तर गुलशन भने लाजले भुइँमा नै बसिरहेका थिए । अन्त्यमा जसोतसो सिन ओके भयो र त्यसपछि गुलशनले लामो सास फेरे ।
यो सिनलाई गुलशन आफ्नो करियरको सबैभन्दा मुश्किल मान्छन् । हुन त अहिले यो किस सिन फिल्ममा देखिँदैन किनभने चर्चित भएपछि कट्रिनाले फिल्मबाट उक्त सिन हटाउनका लागि आग्रह गरेकी थिइन् । यसका लागि सलमानले पनि विशेष सिफारिस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण