केपी ओलीले भने–सुख्खामै पछारौंला भन्ने सोचेका थियौं, अब हिलोमै पछार्नुपर्ने भयो
कृष्ण गिरी
काठमाडौं, जेठ १८– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ज्योतिषिलाई साइत हेराई हेराई चुनावको मिति सार्ने काम गरेको आरोप लगाउँदै जहिले सारेपनि एमालेले नै जित्ने दाबी गरेका छन् ।
सरकारले असार १४ को लागि चुनावको मिति तय गरेको सन्दर्भमा उनले भने, ‘सुख्खामै पछारौंला भन्ने सोचेका थियौं, अब असारको हिलोमा पछार्नु पर्ने भयो । ’
बिहिबार काठमाडौंमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
अन्य राजनीति दलसँग भन्दा एमालेसँग भिन्न न नीति छ न विचार भएकाले नै देखिनसहने हरुले आफूलाई ‘उखाने बूढा’ भनी कटाक्ष गर्ने गरेको समेत ओलीले गुनासो गरे ।
ओलीले कुनै पनि हालतमा चितवनको भरतपुर महानगरपालिकामा रोकिएको स्थानबाट पुनः मतगणना हुनुपर्ने माग समेत गरे।
उनले आजसम्म मतगणना सुरु गर्न माग गर्दै संसद अबरुद्ध पारिएको भन्दै त्यो माग पूरा नभए आन्दोलकारीको रुपमा अघि बढ्ने बताए ।
उनले भने, ‘यदी रोकिएको ठाउँबाट मतगणना भएन भने आजसम्म संसदमात्रै चल्न दिएका छैनौं, भोलिदेखि के चल्न दिँदैन हेर्दैै जानुहोला । ’ उनले देशै ठप्प पार्ने संकेत गर्दै अगाडि थपे, ‘फेरि मतदान हुने कुरा भए हामी मान्दैनौं । त्यसविरुद्ध हामी आन्दोलनकारीको रुपमा अगाडि बढ्छौं ।’
उनले माओवादीको उद्देश्य मतपेटिका नै फेर्ने रहेको तर त्यो सम्भव नभएपछि च्यात्ने काम भएको आरोप समेत लगाए ।
‘उनीहरुको त्यहाँका मतपेटीका नै बोकेर जाने र धाँधली गर्ने योजना थियो त्यो सफल भएन। त्यसपछि दुई चार मत च्यातेर धाँधली गरे’, ओलीको आरोप थियो ।
सो अवसरमा ओलीले राजधानी, राजधानी जस्तो नभएको भन्दै एमालेले अब राजधानी बनाउने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण