शिवगढी ई–रिक्सा संघमा नयाँ नेतृत्व
बिहीबार, १८ जेठ २०७४, १७ : ४७
कपिलवस्तु, जेठ १८ –बढदो बेरोजगारका कारण युवाहरु वैदेशिक रोजगारमा पलायन भइरहेको अवस्थामा ई–रिक्साले स्वदेशमा युवाहरुलाई रोजगार तथा आत्मनिर्भर वनाउदै
आएको सरोकारवालाहरुले बताएका छन् ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित शिवगढी ई–रिक्सा यातायात व्यावसाय संघको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै सरोकारवालाहरुले इलेक्ट्रिक रिक्सालाई व्यवस्थित बनाउनुपर्ने समेत बताए ।
अधिवेशनले हर्ष विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राम मिलन यादव,सचिवमा जिवन खनाल, सहसचिवमा अनिल चौधरी, कोषाध्यक्षमा शालिकराम अधिकारीसहित ९ सदस्य नयाँ कार्यसमिति गठन भएको हो ।
कार्यक्रममा जिल्ला ट्रफिक कार्यालय कपिलवस्तुका निरीक्षक अमरवहादुर कार्की, यातायात मजदुर व्यावासायी संघका कृष्ण कँडेल, नेकपा एमालेका मेयर पदका उम्मेदवार नेत्रराज अधिकारी, राप्रपाका उम्मेदवार अजय थापा, संघीय समाजवादी फोरमका उम्मेदवार कृष्णकुमार चौधरी लगायत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण