प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा
बिहीबार, १८ जेठ २०७४, १७ : ५३
काठमाडौँ, जेठ १८ – एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको खेलमा पश्चिमाञ्चलले लगातार दोस्रो जित हासिल गर्दै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको थियो । त्यसअघि भएको समूह चरणको पहिलो खेलमा भने पश्चिमाञ्चल सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको थियो ।
मध्यपश्चिमले दिएको ६३ रनको लक्ष्यलाई पश्चिमाञ्चलले ११ दशमलव १ ओभरमा पूरा गर्यो । पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २३, सौरभ खनालले २० तथा नुरध्वज सेनले १९ रनमा अविजित रहे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिम २३ ओभरमा ६२ रनमै अलआउट भयो । उसका लागि कप्तान सुबेन्दु पाण्डे, राजवीर सिंह र अमरसिंह रौतेलाले समान १३/१३ रन जोडे ।
मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका विपिन खत्री र लाल अधिकारीले समान ४÷४ विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण