शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओप्पो ‘नेपाल आयडल’को प्रमुख प्रायोजक

बिहीबार, १८ जेठ २०७४, १७ : ५९
बिहीबार, १८ जेठ २०७४

काठमाडौं, जेठ १८– अन्तर्राष्ट्रिय फ्रान्चाइज टेलिभिजन शो ‘नेपाल आयडल’लाई अन्तर्राष्ट्रिय मोबाइल फोन ब्राण्ड ओप्पोले प्रमुख प्रायोजकका रुपमा प्रायोजन गरेको छ । उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओप्पोले प्रायोजनका लागि नेपाल आयडलको छनोट गरेको कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले बताए । ‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ, हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्ने हो’, लीले भने, ‘अन्तर्राष्ट्रिय बजारका साथै नेपालमा पनि हामी यही उद्देश्यपूर्तिको प्रयास गरिरहेका छौँ, नेपाल आयडलको प्रायोजन यसैको उपज हो ।’ ६ अर्ब ५० करोडले हेर्छन् आयडल रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आयडल्स’को ढाँचा ब्रिटिश टेलिभिजन प्रड्यूसर सायमन फुलरले तयार पारेका हुन् । त्यसैगरी यसको विकास फरमेन्टल मिडियाले गरेको हो । सन् २००१मा ब्रिटिस टेलिभिजन सिरिज पप आयडलका रुपमा सञ्चालन गरिएको आयडल सिरिजलाई पहिलो पटक पोलिस सिरिज आयडलका रुपमा सन् २००२मा ‘एडेप्टेशन’ गरिएको हो । लगतै कार्यक्रम विश्वमै सर्वाधिक हेरिने टेलिभिजन फ्रान्चाइजका रुपमा स्थापित हुँदै गएको जनाइएको छ । कार्यक्रममा अपनाइएको ढाँचा विश्वका ४६ क्षेत्र र १ सय ५० भन्दाबढी देशमा विभिन्न परिमार्जित ढाँचा सहित प्रसारण हुँदै आइरहेको छ । कार्यक्रमका परिमार्जित संस्करण विश्वभरका ६ अर्ब ५० करोड (६.५ बिलियन) दर्शकले हेर्ने गरेको जनाइएको छ । यी हुने आयडलबाट चर्चित भएका नाम यूनाइटेड किङ्दमका विल योङ्, अमेरिकाका केली क्लार्कसन र क्यारि अन्डरउड, अष्ट्रेलियाका गाय सिबेस्टिन लगायत आयडल सिरिज विजेता भए पश्चात लोकप्रियताको शिखर चढेका केही गायक गायिकका नाम हुन् । त्यसैगरी सिरिज नजितेतापनि सिरिजकै कारण चर्चाको शिखरमा पुगेका सफल कलाकारका केही नाममा अमेरिकाका एण्थन केली, क्यानेडाका जेकब होगार्ड, कार्लि रे जेप्सन, अमेरिकाका क्रिस डट्रि र क्ले आएकन यस्तै केही नामहरु हुन् । त्यसैगरी कार्यक्रममा उपस्थितीकै कारण अभिनय लगायत क्षेत्रमा नाम कमाउनेहरु पनि धेरै छन् । यस्तै, नाममा एकेडेमी अवार्ड विजेता जेनिफर हड्सन चिरपरिचित नाम हो । नेपालमा पनि ट्रेण्डिङ् नेपालमा पनि अहिले आयडल संस्करणले अत्यधिक चर्चा तथा लोकप्रियता पाइरहेको छ । कार्यक्रमको बढ्दो क्रेज र यू–ट्युब, फेसबुक लगायत, सामाजिक सञ्जालमा यसको चर्चाले कार्यक्रमको सफलताको प्रमाण दिएको कम्पनीको दावी छ । करिव ९ एपिसोड प्रशारित हुँदा सम्ममा यसका सहभागीले अहिले पाइरहेको चर्चा र लोकप्रियता यसको प्रमाण रहेको जनाइएको छ । ‘नेपालमा हाम्रो यस प्रायोजनले नयाँ प्रतिभा जन्माउन उल्लेख्य सहयोग गर्नेमा हामी निकै आशावादी छौँ’, लीले भने । आयडलको नेपाली संस्करण ‘नेपाल आयडल’ एपीवान टेलिभिजनबाट प्रशारित भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप