शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल आँखा कार्यक्रम र आविष्कार केन्द्रलाई सहयोग

बिहीबार, १८ जेठ २०७४, १८ : ०२
बिहीबार, १८ जेठ २०७४
काठमाडों, जेठ १८–उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग उपलब्ध गराउने भएको छ । हाल बार्षिक ५ लाख लेन्स उत्पादन हुँदै आएकोमा अब त्यसको क्षमता विस्तार गरी बार्षिक १५ लाख लेन्स उत्पादन क्षमता पु¥याइैने भएको छ । मेशिन उपकरण खरिद गर्न उद्योग मन्त्रालयले हाललाई नेपाल आँखा कार्यक्रमलाई १० करोड रुपैंया अनुदान सहयोग उपलब्ध गराउन वजेटमा व्यवस्था गरेको छ । उद्योग मन्त्रालयको सहयोगमा उत्पादित आँखाको लेन्स नेपाल भित्र विक्री गर्दा सहुलियत दरमा आम नागरिकलाई उपलब्ध गराउने र बढी भन्दाबढी देशमा निर्यात गर्ने लक्ष समेत राखेको छ । नेपाल आँखा कार्यक्रमबाट उत्पादित लेन्स अहिले विश्वमै गुणस्तरीय लेन्सका रुपमा विक्री भईरहेको छ । हाल विश्वका १७ वटा मूलुकमा निर्यात भैरहेको सो लेन्स करिव ५० भन्दाबढी मुलुकमा वितरण हुने गरेको छ । यसैगरी म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ । विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने उद्धेश्यले यो सहयोग गर्ने जनाइएको छ । तराईमा नेपाली वैज्ञानिकहरुले आविष्कार गरेको धान काट्ने मेशिनको परिक्षण गरी त्यसको व्यवसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने पनि मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप