शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन हुदैछ रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

बिहीबार, १८ जेठ २०७४, १८ : ०४
बिहीबार, १८ जेठ २०७४
रुकुम, जेठ १८ – पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो । खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षेत्र र पानीको स्रोत सानो भएको ठाउँमा उक्त पोखरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा जिल्ला संयोजक भक्त भण्डारीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप