सवारी ब्याक गरेर घाइते यात्रु मार्नेविरुद्ध कानुन बनाउन माग
बिहीबार, १८ जेठ २०७४, १८ : ०८
काठमाडौँ, जेठ १८ – सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ ।
सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा आज टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
सांसद रामचन्द्र पोखरेलले राष्ट्रका लागि योगदान गर्नसक्ने क्षमतावान प्रशासकको पासविक तरिकाले हत्या गरिएको धारणा राखे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष केशव पौडेल, स्व पण्डितका छिमेकी इन्जिनियर हरिदत्त पौडेलले सवारी ब्याक गरेर घाइते यात्रु मार्ने प्रवृत्तिको अन्त्यका लागि पहल गर्न माग गरे ।
जेठ ६ गते बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा पण्डितको घटनास्थलमा मृत्यु भएको थियो । स्व पण्डितकी आमा, श्रीमती र दुई छोरी छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण