भरतपुर मतगणनाबारे नेताहरु एक मत हुन सकेनन्
बिहीबार, १८ जेठ २०७४, १८ : १७
सुरेशचन्द्र अधिकारी
चितवन, जेठ १८– वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाबारे नेताहरुको फरक मत देखिएको छ । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनःमतदान गर्ने कि मतगणना भन्नेमा नेताहरुको अझै एकमत देखिएको छैन ।
नेकपा माओवादी केन्द्रले ठूलो परिमाणको मतपत्र च्यातिएकाले पुनः मतदान हुनुपर्ने बताएको छ भने एमालेले च्यातिएका मतपत्र बदर गरी गणना थाल्नुपर्नेमा अडान कायम छ । विहीबार च्यातिएको ९० वटा मतपत्र भेटिएको थियो ।
निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले विहीबार दलका प्रमुख, उम्मेदवार, तिनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायका प्रमुखहरुको रोहवरमा शिल गरी राखिएको च्यातिएको मतपत्र गणना गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नं. १९ मा कूल २ हजार ८ सय ९७ मत खसेकोमा १ हजार ८ सय ९ मत गणना भइसकेको, ९ सय ९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्ण रुपमा नोक्सान भएको जानकारी दिए । यो विवरणसहितको प्रतिवेदन विहीबार नै निर्वाचन आयोगमा पठाउने उनले बताए ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्य सुवेदी पथिकले धेरै संख्यामा मतपत्र च्यातिएकाले पुनः मतदानको विकल्प नरहेको बताए । ठूलो संख्यामा मतपत्र च्यातिएकाले जनमतको कदर गर्दै पुनः मतदान गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले पुनः मतदान हुनुपर्ने माग गरेको भएपनि निर्वाचन आयोगको निर्णय स्वीकार गरिने उल्लेख गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सुचारु गर्नेपर्नेमा जोड दिए ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेकाअनुसार उम्मेद्वार, तीनका प्रतिनिधि र पार्टीका प्रमुखहरु गरी ४६ जनालाई मात्र छुटै पासको व्यवस्था गरी प्रवेश गराएर मतपत्रको अवस्थाकाबारेमा अध्ययन गरिएको बताए ।
मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजे ताला खोलेर च्यातिएको मतपत्रको अबस्था बुझ्नुको साथै तथ्याङक लिन सुरु गरिएको थियो । यसअघि निर्वाचन आयोगले सहन्यायधिवक्ता गिता प्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले मत च्यातिदाँ रहेका प्रत्यक्षदर्शी, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग घटनाको बारेमा जानकारी लिएको थियो ।
सोको प्रतिवेदन टोलीले आयोगमा वुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रको बारेमा तथ्याङ्क लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देश गरेको थियो ।
भरतपुर महानगरपालिकाको वडा नम्वर १९ को मत गणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अव वडा नम्वर २० को मात्र मतगणना बाँकी रहेको छ । १९ नं. को १ हजार ८ सय मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ मत रहेको छ ।
यो पनि पढ्नुस्ः
मतपत्र च्यातेको आरोपमा पक्राउ परेका धरौटीमा छुटे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण