हवाई आक्रमणमा फिलिपिन्समा एघार सैनिकको मृत्यु, सात घाइते
बिहीबार, १८ जेठ २०७४, १८ : २४
मनिला, जेठ १८ – फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।
घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेष्टीटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताएका छन् ।
‘यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो,’ उनले पत्रकार सम्मेलनमा भने।
रक्षा सचिव डेल्फीन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथी आक्रमण भएको बताए । उनले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिले सम्म पनि एकिन हुन नसकेको जानकारी दिए ।
अर्को पत्रकार सम्मेलनमा लोरेन्जानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताए । उनले मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्नका लागि ठुलो सङ्ख्यामा सैनिक पठाइएको जानकारी दिए ।
यो अत्यन्तै तरल अवस्था हो, हामी अधिकाँश त्यहाँ थियाौं उनले भने । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण