शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लगानी बोर्डको बैठकमा प्रधानमन्त्रीले भने–देशले समृद्धि खोजेको छ

बिहीबार, १८ जेठ २०७४, १८ : २६
बिहीबार, १८ जेठ २०७४

जेठ १८, काठमाडौं । लगानी बोर्डको २६ औं बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले आर्थिक समृद्धि खोजेको बताएका छन् ।

बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकमा बोल्दै प्रधानमन्त्रीले भने, ‘सहज र राम्रो वातावरणमा निर्णय गरियो । यो बैठकका निर्णयले आर्थिक समृद्धि र विकास आयोजनाहरुमा थप प्रगति हासिल हुने आशा लिएको छु । प्रदेश र संघीय निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक संक्रमणको अन्त्य हुन्छ । जनताले खोजेको आर्थिक समृद्धि हो, विकास हो, अब देशको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित हुनुपर्दछ ।’

प्रचण्डले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि विकास र समृद्धिमा सधैं साथमा रहेको बताए । ‘प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु, लगानी बोर्डको बैठकमा अन्तिमपटक अध्यक्षता गर्दैछु । तर, विकास र समृद्धिका सवालमा म सधैं तपाईहरुको साथमा छु’, उहाँले उनले भने ।

[caption id="attachment_149972" align="alignleft" width="840"] ????????????????????????????????????[/caption]

बैठकले लगानी बोर्डको कार्यालयका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि छुट्याएको ११ करोड, ५८ लाख ४० हजार रुपैंया बजेटलाई अनुमोदन गरेको छ । त्यसै गरी बैठकले काठमाडौंको फोहरमैला व्यवस्थापन विस्तृत कार्ययोजना प्रतिवेदनमाथि छलफल गरी त्यसलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

आजको बैठकले स्टाण्डर्ड अपरेटिङ प्रोस्युडर (एसओपी) को मस्यौदा तयार गर्न लगानी बोर्डका उपाध्यक्ष एवं उद्योगमन्त्रीको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकले लगानी प्रवद्र्धनलाई प्रभावकारी बनाउन बोर्डका उपाध्यक्ष तथा उद्योगमन्त्रीकै नेतृत्वमा ८ सदस्यीय रणनीतिक योजना निर्देशक समिति पनि गठन गरेको छ ।

त्यसै गरी, बैठकले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापनका विषयमा अध्ययन गरी आगामी बैठकमा निर्णयार्थ पेश गर्ने, काठमाडौं उपत्यकामा मेट्रो रेल परियोजना सञ्चालनका लागि गठन गरिएको राय सुझाव समितिको प्रतिवेदन बुझाउने समयलाई तीन महिना म्याद थप गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप