शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काबुल भयभीत हुदैछ भीषण ट्रकबम आक्रमणपछि

बिहीबार, १८ जेठ २०७४, १८ : ३०
बिहीबार, १८ जेठ २०७४
काबुृल जेठ १८ – अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभीत भएको छ । सन् २००१ यता भएका कैयौं भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण बिहीबार काबुल भयभीत भएको बताइएको छ । स्थानीय बासिन्दाहरु आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । कैयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस ट्रक बम आक्रमणमा परी कम्तीमा ९० जना मृत्यु भएको थियो । यस आक्रमणमा परी विदेशीलयगात सयौँको सङ्ख्यामा सर्वसाधारण घाइते भएका थिए । ‘हाम्रो देशमा कतिजेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् । ‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररुपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए । यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागि पनि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ । मुसलमानहरुको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कैयौ नेता र विश्व समूदायले कडा निन्दा गरेको छ । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप