शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सरकारले मनपरी नीति निर्माण गर्यो’ बिजुक्छे

बिहीबार, १८ जेठ २०७४, १८ : ३८
बिहीबार, १८ जेठ २०७४
नगरकोट, जेठ १८ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ । रफत सञ्चार क्लबमा आजआयोजित साक्षात्कार कार्यक्रममा उहाँले चुनावकै प्रक्रियामा सरकार फेरबदल हुनु संसारको कहीँ नभएको चलन हो भने। राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटीको खेल जस्तै भएको उनको भनाइ छ ।   नेता बिजुक्छेले नयाँ बन्ने बहुमतीय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्त भने राख्ने बताए । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अवस्थामा प्रतिपक्षमै बसेर भए पनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उनले सङ्केत गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप