शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऋचा शर्माले अभिनयमार्फत भनिन्– युवा अब देश बनाऊँ

बिहीबार, १८ जेठ २०७४, १८ : ४७
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८ – अभिनेत्री ऋचा शर्मा अभिनित सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘आकाशैको नौलाखे तारा..’ सार्वजनिक गरिएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा हस्तलिखित गलैंचाका विश्वप्रसिद्ध डिजाइनर जोन केथले भिडियो सार्वजनिक गरे । छिरिङरितार शेर्पा निर्देशित भिडियोमा ऋचा, टीकाभक्त जिरेल र गलैंचा उत्पादनमा सक्रिय कामदारहरुले अभिनय गरेका छन् । भिडियोमा आम नेपालीको कथा चित्रण गरिएको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको सुरुआत काठको बाकस चित्रणबाट गरिएको छ । भिडियोलाई प्रशान्त तामाङ र युनाइटेड मल्टी आर्ट्सले संयुक्त नृत्य निर्देशन गरेका हुन् । – कार्यक्रममा बोल्दै निर्देशक शेर्पाले जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउँदा निकै खुशि महसुस भएको बताए । उनले थपे ‘ ‘फिल्मजस्तै संगीतबाट पनि कथा भन्न सकिन्छ , त्यो मैले देखाएको छु ।’ – निर्माता मध्येका एक जोन केथले नेपाली वास्तविकतालाई चित्रण गरेर सन्देश प्रवाह गर्नु भिडियो निर्माणको उद्देश्य रहेको बताए । – अभिनेत्री शर्माले यथार्थ पात्रको जीवनमा अभिनय गर्न पाउनु आफ्ना लागि हर्षको विषय भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप