दोलखा घटनाः न्याय नपाएको भन्दै आयोगमा ध्यानाकर्षण
बिहीबार, १८ जेठ २०७४, २१ : ०७
काठमाडौँ, जेठ १८– नेकपा (एमाले) का नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानवाधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमाले नेता तथा दोलखाका सांसदत्रय पशुपति चौलागार्इं, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले आज हरिहर भवन आयोगमा पुगी कार्यवाहक अध्यक्ष प्रकाश बस्तीको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तह निर्वाचनका क्रममा गत वैशाख २६ गते दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङलाई जुँगुको रेशमडाँडामा माओवादी नेत्री देवी खड्का सहितका माओवादी नेता कार्यकर्ताले हत्या गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
एमाले नेताहरुले तामाङको क्रुरतापूर्वक हत्यापछि फरार रहेका माओवादी नेताहरुले पीडितका परिवारलाई मार्ने धम्की दिएको, मृतकका छोराछोरी विद्यालयसमेत जान नसकेको र गाउँमा बस्न असुरक्षित भएपछि मृतकका परिवार सदरमुकाम आएको जानकारी दिई एमाले नेताहरुले अभियुक्तलाई जोगाउने र पीडितलाई न्याय नदिने गम्भीर षडयन्त्र देखिएको भन्दै छानबिन गरी न्याय दिलाउन आग्रह गरे ।
आजै मृतक तामाङका श्रीमती र छोराछोरीको तर्फबाट आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा आफूहरुमाथि पूर्वराज्यमन्त्री देवी खड्का र विशाल खड्कासहित हत्यामा संलग्न माओवादी नेतृत्वबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको र हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गराउँदै मानवाधिकारको रक्षा गरिदिनसमेत आग्रह गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण