चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन
बिहीबार, १८ जेठ २०७४, २१ : १०
बुटवल र भैरहवामा छिट्टै सञ्चालन
काठमाडौंं, जेठ १८– नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मीहरुसहितको एम्बुलेन्स सेवा दुई स्थानहरुमा थप गरेको छ । उसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन शुरु गरेको हो ।
अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरिरहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तारपछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्समार्फत सेवा प्रदान गर्दैछ ।
सो स्थानहरुमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्ने जनाइएको छ ।
सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले असार १ गते देखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरेको छ ।
२०७२ बैशाख १२ को महाभूकम्पको समयमा नेपाल एम्बुलेन्स सर्भिसले आकस्मिक एम्बुलेन्स सेवामार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो ।
नेपाल एम्बुलेन्स सर्भिसले काठमाडौं उपत्यका र चितवनमा हस्पिटल पुग्नु पूर्व बिरामीलाई आकस्मिक उपचार प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण