एन्टिबायोटिकको प्रयोग कसरी गर्ने ?
शुक्रबार, १९ जेठ २०७४, ११ : ०५
सतिशकुमार देव सह–प्राध्यापक, क्लिनिकल फर्माकोलोजी,शिक्षण अस्पताल
एन्टिबायोटिकको बढ्दो प्रयोग विश्वमै चुनौतीका रूपमा देखापरेको छ । एन्टिबायोटिक औषधि शरीरमा भएका विभिन्न कीटाणुविरुद्ध लड्न सक्ने क्षमता बढाउन प्रयोग गरिन्छ । एन्टिबायोटिकले शरीरमा हुने विभिन्न ब्याक्टेरियल इन्फेक्सनहरू हटाउन मद्दत गर्छ ।
तर, एन्टिबायोटिकको गलत प्रयोग बढ्दै जाँदा मानिसममा कीटाणुसँग लड्न सक्ने क्षमता बिस्तारै घट्दै गएको छ । यही गतिमा एन्टिबायोटिकको प्रयोग बढ्दै जाने हो भने पछि मान्छेहरूमा स–साना रोगले पनि लामो समयसम्म थला पार्ने अवस्था
आउन सक्छ ।
शरीरको एन्टिबायोटिक क्षमता हराउँदै जानु भनेको एन्टिबायोटिक रेजिस्ट्यान्स हो । एन्टिबायोटिकको प्रयोग बढी भयो भने यो पुस्ताले गरेको गल्तीको दुःखद प्रतिफल सन्ततिले पाउनेछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २०५० सम्ममा एन्टिबायोटिकको अन्त्य हुन सक्ने बताएको छ । पशुपक्षी र कृषिमा ६० प्रतिशत एन्टिबायोटिकको प्रयोग भइरहेको तथ्यांकहरूले देखाएका छन् ।
विश्वमा एन्टिबायोटिकको गलत प्रयोग एकदमै बढ्दै गइरहेको छ । यसकारण एन्टिबायोटिकको सही प्रयोग गर्नु अत्यन्तै आवश्यक छ । एन्टिबायोटिक चित्सिकको सल्लाहमा मात्र खाने गर्नुपर्छ ।
डाक्टरको प्रेस्क्रिप्सनपछि
मात्र औषधि पसलले एन्टिबायोटिक बेच्न पाउने व्यवस्था गर्नुपर्छ । औषधि पसलले पनि जथाभावी रूपमा एन्टिबायोटिक बेचिरहेका छन् । यसको अन्त्य हुनुपर्छ ।
पछिल्लो समयमा पशुपक्षी, बिउबिजन, तरकारी, खाद्यान्न सबैतिर एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । यसमा चिकित्सक, पशुविज्ञ, कृषिविज्ञ सबैको धेरथोर हात छ । यो पक्षले नै एन्टिबायोटिकको गलत प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । चिकित्सहरूले औषधि दिँदा एन्टिबायोटिकको बढी प्रयोग र दुरुपयोग कम गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण