पोलेको जिब्रो शान्त गराउने घरेलु उपाय
शुक्रबार, १९ जेठ २०७४, ११ : ०६
अपनाउँदा शान्त बनाउन सकिन्छ
बेकिङ सोडा
बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा जलेको वेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो जल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु राम्रो हुन्छ ।
आइस क्युब
यदि जिब्रो पोल्यो भने मुखमा आइस क्युब लगाएर केही बेर चुस्ने । तर, आइस क्युब लगाउनुपहिले त्यसलाई झोल बनाउनुपर्छ । जमेकै अवस्थामा भए त्यसले जिब्रोको बाहिरी भागलाई असर पुर्याउन पनि सक्छ ।
चुइगम
पेपरमेन्ट चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।
एलोभेरा जेल
एलोभेरा यस्तो जडीबुटी हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउँछ । जिब्रोमा यसलाई आइस क्युबसँग मिलाएर लगाउँदा पनि राम्रो हुन्छ ।
दही
जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रदान गर्नुका साथै आराम पनि दिन्छ । यसका साथै एक गिलास चिसो दूध पनि पिउन सकिन्छ ।
मह
एक चम्चा मह जिब्रोमा राख्ने । मह एक प्रकारको प्राकृतिक औषधि हो । यसले पोलेको जिब्रोमा दुखाइ कम गर्न मद्दत गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण