बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

घुर्ने रोगको समस्या छ ? जान्नुहोस् समाधान

शुक्रबार, १९ जेठ २०७४, ११ : ०९
शुक्रबार, १९ जेठ २०७४
डा. लक्ष्मी आवा छातीरोग विशेषज्ञ सुमेरु सिटी अस्पताल सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ । शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनु पर्छ । घुर्ने मानिस उत्तानो सुत्नु हुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ । यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ । मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन । घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ । अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप