चितवनको लालीगुँरास डेरीलाई सरकारको सम्मान
शुक्रबार, १९ जेठ २०७४, १८ : १८
काठमाडौं, जेठ १९– सरकारले चितवनको खैरहनीमा रहेको लालीगुराँस डेरी फाम एण्ड रिसर्च सेन्टरलाई सम्मान गरेको छ ।
ठूला पशु व्यावसाय अन्तर्गत गाईपालन गरी देशमा उत्कृष्ठ काम गरेको भन्दै १० हजार नगदसहित प्रथम पुरस्कार प्रदान गरेको छ ।
त्यसैगरी, नीलकण्ठ कृषि पालन दोस्रो, गण्डकी नेपाल इन्भेष्टमेन्ट कम्पनी तेस्रो र गोपालध्वज गाई तथा पशुपालनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । चितवनको खैरहनीमा करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको डेरी फार्ममा करिब ४ सय गाईपालन गरिएको छ ।
लालीगुराँस बहुउद्धेशीय सहकारी संस्थाको लगानीमा संचालित सो गाईफारम नेपालकै नमुनाको बनाउने योजना रहेको सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जानकारी दिए । कार्यक्रममा दुध उत्पादन क्षेत्रमा उ्रल्लेखनीय योगदान पु¥याएवापत दुर्गादत्त जोशीलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण