शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डको प्रस्ताव मधेशी बुद्धिजीवीद्वारा अस्वीकार

शुक्रबार, १९ जेठ २०७४, १८ : २१
शुक्रबार, १९ जेठ २०७४

काठमाडौ जेठ १९– ‘रगतबाट लेखिएको संविधान अन्तर्गत हुने कुनै पनि चुनावमा सहभागि हुन हामीले कसैलाई सुझाव दिँदैनौ’ यो कुरा राजनीतिक विश्लेषक सिके लालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राखेका हुन् ।

मधेशमा चुनावी माहोल बनाई दिनका लागि भूमिका खेल्न आग्रह गर्नका लागि प्रधानमन्त्री प्रचण्डले मधेशका नागरिक अगुवा तथा बुद्धिजिवीहरुलाई छलफलका लागि बोलाएका थिए ।

अहिलेको अवस्थामा संविधान संशोधन गर्ने अवस्था नरहेकाले अर्को चुनावमा गठबन्धन बनाएर दुई तिहाई बहुमत ल्याएर सविधान संशोधन गर्ने त्यसका लागि अहिलेदेखि मधेशवादी दल चुनावमा सहभागि हुनुपर्ने धारणा प्रचण्डले राखेका थिए ।

संविधान संशोधनका लागि आफूले प्रयास गरेको तर ठूलै चलखेल भएको कारणले संशोधन विधेयक पास गराउन असफल भएको धारण राख्दै अध्यक्ष प्रचण्डले अहिलेको चुनाव सफल भएन भने प्राप्त उपलब्धी पनि गुम्ने खतरा भएकाले राजपा नेपाललाई चुनावमा सहभागिता लागि वतावरण बनाई दिन आग्रह गरेका थिए ।

आफूले ३० दलीय मोर्चा छाडेर १६ बुँदे सम्झौता नगरेको भए गणतन्त्र पनि धाराप पर्न सक्थ्यो, गणतन्त्रलाई जोगाउनका लागि नै आफू १६ बुँदे सम्झौता गरेर अगाडि बढेको कुरा प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेका थिए । अहिले पनि विभिन्न शक्तिहरु चुनाव रोक्ने चलखेलमा लागेका छन्, यदि चुनाव भएन भने प्राप्त उपलब्धी पनि डुब्ने खतरा रहेको उनले धारणा राखेका थिए ।

कोही चुनावमा जान चाहन्छ भने त्यसलाई रोकिँदैन तर संविधान संशोधन नभएसम्म चुनाव बहिष्कारको आन्दोलन जारी रहने धारणा उनले प्रधानमन्त्री समक्ष राखेका थिए ।

जवाफमा विश्लेषक लालले यो संविधानले मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम कसैको पनि अधिकार सुनिश्चित नगरेको कारण संविधान संशोधन नगरी चुनावमा जाने कुरा कुनै पनि हालतमा हुँदैन र यसका लागि आफूले कुनै पनि दललाई सल्लाह पनि नदिने स्पष्ट पारेका थिए ।

कोही चुनावमा जान चाहन्छ भने त्यसलाई रोकिँदैन तर संविधान संशोधन नभएसम्म चुनाव बहिष्कारको आन्दोलन जारी रहने धारणा उनले प्रधानमन्त्री समक्ष राखेका थिए ।

उनले प्रचण्डबाट मधेशी, आदिवासी जनजातिहरुलाई ठूलो धोका भएको पनि आरोप लगाएका थिए । पटक पटक मधेशीको माग पूरा हुने आश्वासन सरकार पक्षबाट आउँछन् तर हालसम्म केही उपलब्धी नभएकाले चुनावको वातावरण बनाउने आपेक्षा आफूसँग नराख्न प्रधानमन्त्री प्रचण्ड समक्ष स्पष्ट राखेको छलफलमा सहभागि एक बुद्धिजिवीले बताए ।

अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले पनि चुनावको माहौल बनाउन आफूहरुलाई नभन्न र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि दबाब नदिन आग्रह गरे ।

उनले प्रधानमन्त्रीको रुपमा प्रचण्डको कार्यकाल सफल रहेपनि एकपक्षलाई सन्तुष्ट गराउन नसक्नु असफलता रहेको पनि धारणा राखेका थिए । विश्लेषक लालले संविधान संशोधन र स्थानीय तहको चुनाव गराउनका लागि प्रधानमन्त्री बनेको तर त्यसमध्ये एकचरणको चुनाव गराउन सफल भएको बाँकी संविधान संशोधन गराउन नसक्नु असफलता रहेको बताए ।

अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले पनि चुनावको माहौल बनाउन आफूहरुलाई नभन्न र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पनि दबाब नदिन आग्रह गरे ।

उनले प्रधानमन्त्री समक्ष भने, ‘तपाईंहरुले चुनाव गराउन सक्नुहुन्छ, फेरि तपाईहरु नै जित्नुहुन्छ । राजपा नेपाल चुनावमा नगएपनि चुनाव गराउने तयारी छ भने उनीहरुलाई चुनावमा जानका लागि दवाव नदिनुस् । उपेन्द्र यादव र विजयकुमार गच्छदार तपाईहरुलाई सहयोग गर्नका लागि चुनावमा सहभागि हुनु नै भएको छ, उनीहरुलाई साथ लिएर चुनावमा जानुस् ।’

‘मधेशले तपाईसँग ठूलो अपेक्षा गरेको थियो तर १६ बुँदे सम्झौता गरेर धोका दिएको’ उल्लेख गर्दै विश्लेषक साहले भने, ‘मधेशी जनताले के पाएको छ जसको रक्षा गर्न चुनावमा जान्छ ? पाएका कुरा पनि गुमाएको अवस्थामा चुनावमा कसरी भाग लिन्छन् ? के कालागि भाग लिन्छन् ?’

प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फोन गरेर उनीहरुलाई बोलाएका थिए ।

छलफलमा पूर्व राजदूत विजयकान्त कर्ण, अधिवक्ता दिपेन्द्र झा, सुनिल रञ्जन, सुरेन्द्र महतोलगायतका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप