शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बैंकबाट रकम झिकेर निस्किँदा म्हैपीबाट ३२ लाख लुट

शुक्रबार, १९ जेठ २०७४, १८ : २८
शुक्रबार, १९ जेठ २०७४

काठमाडौँ, १९ जेठ । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको रु ३२ लाख लुटिएको छ ।

महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए ।

पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।

जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् । प्रवक्ता कार्कीले घटनाका दोषी पहिचान नजिक पुगिसकिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप