शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सोल्टी क्राउनप्लाजामा ‘माइडिया कुलफ्रेन्स’

शुक्रबार, १९ जेठ २०७४, १९ : ०४
शुक्रबार, १९ जेठ २०७४
काठमाडौं, जेठ १९– विश्वप्रख्यात एयर कन्डिसनर उत्पादक माइडियाले आफ्नो इभेन्ट “माइडिया कुलफ्रेन्स” सोल्टी क्राउनप्लाजामा सम्पन्न गरेको छ । उक्त इभेन्टमा माइडियाले आवासीय तथा व्यवसायिक एसीहरुको बारेमा प्राविधिक प्रस्तुति गरेको थियो । कक्टेल डिनर रहेको सो इभेन्टमा माइडियाका ज्याक डिङ्ग तथा विभिन्न प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सो इभेन्टमा प्राविधिक प्रस्तुतिका साथै माइडिया भरटू प्लस नामक स्प्लीट एयर कन्डिसनको समेत लन्च गरिएको थियो । माइडिया एयर कन्डिसनरको अधिकृत बिक्रेता एयरटेक प्रा.लि. सन् २००० मा नेपालमा स्थापित भएको हो । हिटिङ्ग, भेन्टिलेस्न र एयर कन्डिसिनिङ्ग जस्ता सम्बन्धित क्षेत्रहरुमा विस्तृत ग्राहकवर्गहरुलाई उत्कृष्ट ईन्जिनियरिङ्ग समाधान दिदै आएको यस माइडिया एयर कन्डिसनलाई नेपालीग्राहकवर्गहरुले आफ्नो पहिलो रोजाइ बनाएका छन् । उक्त इभेन्टमा लन्च गरिएको भर्टु एयर कन्डिसनर माइडियाको विविध प्रोटक्टहरुमा थपिएको एउटा नयाँ नाम हो । भर्टु एयर कन्डिसनर इन्भर्टर टाइप कमप्रेसर र उच्चक्षमता सहित स्प्लीट सिस्टममा उपलब्ध छ । आकर्षक डिजाइन रहेको यस एसी निकै नै भरपर्दो र मजबुत रहेको विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप