उपेन्द्र यादवलाई गाली गलौज नगर्न सिकेलालको आग्रह
शुक्रबार, १९ जेठ २०७४, १९ : ११
काठमाडौ जेठ १९– राजनीतिक विश्लेषक सिके लालले स्थानीय तहको चुनावमा भाग लिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई व्यक्तिगत रुपमा गालीगलौज नगर्न मधेशी युवाहरुलाई आग्रह गरेका छन् ।
उपेन्द्र यादव जनभावनाको तिरस्कार गरेर चुनावमा भाग लिएपनि आफूहरु उनलाई तिरस्कार गरौं भन्दै उनले उपेन्द्र यादव मधेशको नरहेको आरोप लगाए ।
सविधान संशोधनको माग गर्दै राजधानीको माइतीघरमा शुक्रबार तराई मधेश राष्ट्रिय परिषद्ले आयोजना गरेको विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले भने,– ‘उपेन्द्र यादवलाई राजनीतिक रुपमा जति आलोचना गरेपनि व्यक्तिगत रुपमा गाली गलौज नगरौं, उपेन्द्र यादव पनि बाहिरको व्यक्ति होइन, आवश्यक पर्यो भने उहाँ पनि हामी कहाँ नै आउनु हुन्छ ।’
मधेशका सबै दल चुनावमा भाग लिएपनि आन्दोलनलाई रोक्न नहुने उनले सुझाव दिँदै भने, आन्दोलनको बीउलाई जोगाई राख्नुपर्छ, यो कुनैबेला काम लाग्न सक्छ, हामी सही छौ भने एक दिन आवश्यक आन्दोलन सफल हुन्छ ।’
सविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने र संघर्षलाई जारी राख्ने संकल्प लिन उपस्थित युवाहरुलाई उनले आग्रह गरे । उनले मधेशमा मात्र होइन, पहाडमा गएर पनि संकल्प सभाहरु गर्न सुझाव दिए ।
कार्यक्रममा तुलानारायण साह, विजयकान्त कर्ण, सरोज मिश्रलगायतले आआफ्नो धारणा राख्दै सविधान संशोधन नभएम्म चुनावमा भाग नलिने संकल्प लिएका छन् ।
तराईं मधेशका युवा, अधिकारीकर्मी, समाजसेवीहरुले स्वतन्त्र रुपमा यो परिषद् गठन गरेको हो । यसले सविधान संशोधन नभएसम्म चुनाव बहिष्कार अभियान चलाउने कार्यक्रमहरु गर्ने तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण